कार्यकर्ता पक्राउ गरिएको भन्दै तरुण दलको ध्यानाकर्षण


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता÷कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

लोकतन्त्रवादी तरुणहरुलाई विभिन्न झुटा बहानामा पक्राउ गरी फसाउने र दुःख दिने नियतले बिहीबार राति पक्राउ गरिएको भन्दै तरुण दलले सो घटनाको निन्दा गरेको छ । तरुण दलले प्रहरीद्वारा आफैँले लगेको हतियार तरुण नेता सन्दीपजङ्ग शाहको गाडीबाट बरामद भएको भनी झुटो बहाना बनाई फसाउने र सामाजिक आतङ्क सिर्जना गर्ने नियतले पक्राउ गरिएको आरोप लगाएको छ ।

अध्यक्ष जीतजङ्ग बस्नेतले आज एक विज्ञप्तिमार्फत पक्राउ गरिएका सबै नेता÷कार्यकर्तालाई रिहाइ गर्न, निर्दोषलाई पक्राउ गरी फसाउन झुटा प्रपञ्च रच्ने प्रहरीहरुलाई कारवाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिङ्गरप्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com