पुष्प माला र गुच्छा काठमाडौँमा खपत


प्रकाशित मिति : कार्तिक १०, २०७६ आईतबार

मकवानपुर जिल्लाको उत्तरी भेगस्थित इन्द्र सरोवर, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न वडाका कृषकले लगाएका सयपत्री, गोदावरी र मखमली फूलको माला र गुच्छा काठमाडौँ र ललितपुरको स्थानीय बजारमा खपत भइरहेको छ ।

ती फूलका माला र गुच्छा क्रमशः रु ८० देखि रु १३५ सम्म बिक्री वितरण भइरहेको इन्द्र सरोवर गाउँपालिका–७ सल्लेरी निवासी अगुवा कृषक शुक्रराज लामाले बताउनुभयो । जिल्लाको साविक चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, इपापञ्चकन्या, दामन, पालुङ र भीमफेदी गाउँपालिकासमेतका एक हजार २३४ कृषकले पुष्पखेती गरेको मकवानपुर जिल्ला समन्वय समितिले जनाएको छ ।

ती कृषकरुले उत्पादन गरेका पुष्प माला र गुच्छा चितवनको भरतपुर, नारायणगढ तथा मकवानपुरको हेटौँडा, मनहरी, लोथरमा खपत भएको र स्थानीय व्यापारीले काठमाडौँ, ललितपुर, चितवन र हेटौँडामा समेत गरी रु ७० लाख ५० हजार मूल्य बराबरको पुष्प माला र गुच्छा बिक्री गरेको थाहा नगरपालिका–५ का कृषक हरिकृष्ण कार्कीले बताउनुभयो ।

मकवानपुरमा मौसमी तरकारीखेतीका साथै उन्नत पुष्पखेतीबाट कृषक नियमित आर्थिक आत्मनिर्भर बन्दै गएको र ती क्षेत्रमा आधुनिक प्रविधिबाट पुष्प र तरकारी उत्पादनका लागि प्याकेज कार्यक्रम यसै आर्थिक वर्षदेखि लागू गरिने नगरप्रमुख लवशेर विष्टले बताउनुभयो ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com