झिनीया रोटी बनाउन भ्याइनभ्याइ


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

माथागढी गाउँपालिका–३ सराइमा झिनीया रोटी बनाउने भ्याइनभ्याइ छ । तिहारमा खाइने रोटीको परिकारमध्ये झिनीया रोटी पनि एक हो । चामलको पिठो कुटेर उत्पादित झिनीया रोटी तिहारका बेला बढी खपत हुँदै आएको छ ।

तिहारका समयमा पाल्पाली झिनीया रोटीको उच्च कारोवार हुने गर्छ । कात्तिक महीनामा झिनीयाको रोटीको कारोवार बढी हुँदा स्थानीय महिला झिनीया रोटी बनाउने गृहकार्यमा जुटेका छन् । घरमा नै बसेर झिनीया रोटी बनाउन सकिने हुँदा यहाँका महिला झिनीया रोटी बनाउन आकर्षित छन् । कम लगानी र छिटो उत्पादन र बजार राम्रो रहेको व्यवसायीको भनाइ छ ।

माथागढी गाउँपालिका सराइका स्थानीय बासिन्दा नहलसिं श्रेष्ठ यसपालि रु पाँच लाखको झिनीया रोटीको कारोवार गर्ने योजनामा हुनुहुन्छ । गत वर्षको दशैँ तिहारमा पनि झण्डै रु पाँच लाखको झिनीया रोटीको कारोवार गरेको श्रेष्ठको भनाइ छ । करीब चार वर्षअघि झिनीया बनाउने व्यवसाय अँगाल्नु भएका श्रेष्ठले तिहारको शुरुआतसँगै एक÷डेढ लाख आम्दानी भइसकेको बताउनुभयो ।

भदौ, असोज महीनामा झिनीया बनाउन उपयुक्त समय रहेको श्रेष्ठको भनाइ छ । “जति उत्पादन गरे पनि बजारमा माग बढी छ, मागअनुसारको झिनीया उपलब्ध गराउन सकिएको छैन”, श्रेष्ठले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सराइमा उत्पादित झिनीया रोटी रुपन्देही जिल्लाको बुटबलमा थोकमा बिक्री हुन्छ । स्थानीय झडेवा, सराइ, खहरेलगायतका क्षेत्रमा समेत सहजरूपमा खपत हुने व्यवसायीको भनाइ छ ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनस्थित टक्सारटोलमा ठूलो मात्रामा झिनीया रोटी उत्पादन गरिँदै आएको छ । तानसेनकी विमला प्रधानले वार्षिक रु पाँचदेखि सात लाखसम्म झिनीयाबाट आम्दानी हुने बताउनुभयो । अन्य महीनाको तुलनामा कात्तिकमा झिनीया रोटीको कारोवार उच्च हुने गर्छ ।

“तिहारका भाइटीकामा खुवाइ रोटीका रुपमा परिचित रहे पनि खाजाका रुपमा मकै, भटमास, झिनीया रोटी खाने चलन पनि छ, त्यसैले पाल्पा आएका आन्तरिक पर्यटकको रोजाइमा झिनीया रोटी आकर्षण हुन्छ । सस्तो र राम्रो हुने भएपछि सबैको नजर झिनीया रोटीमा पार्ने हुन्छ”, व्यवसायी प्रधानले भन्नुभयो ।

पाल्पाको तानसेनकाके टक्सार, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा व्यावसायिकरूपमा झिनीया उत्पादन हुँदै आएको छ । पाल्पाका झण्डै २०० भन्दा बढी घरपरिवारले झिनीया उत्पादनमा संलग्न रहेको पाइन्छ । यसबाट जीविकोपार्जन गर्न सहज हुने भएपछि महिलाहरु यस व्यवसायप्रति आकर्षित छन् ।

पाल्पाबाट उत्पादित झिनीया गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहँुलगायतका जिल्लामा ठूलो मात्रमा खपत हुँदै आएको व्यवसायी बताउँछन् । झिनीया बनाउनका लागि पहिला चामललाई मसिनो गरी पिस्नुपर्छ । पिसेको चामलाई पानीमा पकाउनुपर्छ । पिसेको चामललाई राम्रोसँग पाकेपछि मेसिनमा हालेर झिनीया रोटी बनाउन सकिने व्यवसायीको भनाइ छ ।

मेसिनबाट बनेको झिनीयालाई आवश्यक मात्रामा घाममा सुकाउनुपर्छ । यसरी तयार भएको झिनीया रोटीलाई तातो तेलमा फुराएपछि खान योग्य हुने गर्दछ । पाल्पा तानसेनको टक्सारमा उत्पादित झिनीया रोटी चामलको पिठोलाई पकाएर मसिना प्वाल भएको साँचोबाट पिठोको रेसा निकालिन्छ । त्यसलाई चाउचाउजस्तै गोलो आकारमा निर्माण गरी दुई÷तीन दिनसम्म घाममा सुकेपछि झिनीया बजारमा बेच्न योग्य हुने व्यवसायीको दाबी छ ।

महिलाहरुले रु २५० मा एक दर्जन साना आकारका झिनीया बेच्दै आएका छन् । एक दर्जन ठूला आकारका झिनीयालाई तीन÷चार सयमा बिक्री हँुदै आएको झिनीया व्यवसायी कमलादेवी श्रेष्ठले बताउनुहुन्छ । झिनीया व्यवसायीले तिहारका बेला पाँच÷सात लाख आम्दानी गर्दै आएका छन् ।

तिहारका बेला अन्य महीनामा भन्दा बढी कारोवार हुँदा आम्दानी पनि बढी नै हँुदै आएको उनीहरुले बताउँछन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रूपमा झिनीया तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनीयाको कारोवार उच्च बन्दै गएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com