युएससीआईएसको आवेदन शुल्क मिनाहामा कडाई, अब ट्याक्स फाइलको कागजात अनिवार्य


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

कम आम्दानी हुने व्यक्तिले अमेरिकी नागरिकता आवेदन लगायत १५ प्रकारका आवेदनमा शुल्क मिनाहाका लागि युएससीआईएससँग अनुरोध गर्नसक्ने प्रावधानमा कडाई गरिने भएको छ । बायोमेट्रिक लगायत ग्रिनकार्ड पुनस्थापना, वर्क परमिट, टीपीएस, नारिकता लगायतका आवेदनमा शुल्क मिनाहाका लागि आग्रह गर्न सकिने प्रावधान रहेको छ ।

शुल्क मिनाहाका लागि कम आम्दानी हुने परिवारले लिएको सरकारी सुविधा, संघीय गरिबी रुपरेखाको १५० प्रतिशतभन्दा कम पारिवारिक आम्दानी वा अत्यन्तै कडा प्रकारको आर्थिक संकटमध्ये एउटा पुष्टी गर्ने कागजात भएमा शुल्क मिनाहा गरिदै आएकोमा डिसेम्बर २ पछि पहिलो प्रावधान हटाइने भएको छ । अब मेडिकेड, फुडस्ट्याम्प वा अन्य यस्तै प्रकारको सुविधा लिएको प्रमाण पेश गर्दैमा युएससीआईएसले आवेदनको शुल्क मिनाहा नगर्ने भएको छ ।

यसअगाडि शुल्क मिनाहाका लागि फर्म आई ९१२ का साथमा मेडिकेड, फुडस्ट्याम्प वा अन्य सरकारी सहायता लिएको प्रमाण पेश गरेको खण्डमा युएससीआईएसले शुल्क मिनाहा गर्दै आएको थियो । तर अब त्यस्ता प्रमाणहरुलाई अस्वीकार गरिने भएको छ । अब आवेदकले शुल्क मिनाहाका लागि आई ९१२ फर्मका साथमा ट्याक्स फाइलको कागजात समेत बुझाउनुपर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिसेम्बर २ भन्दा अगाडिको पोष्टमार्कसहित शुल्क मिनाहाका लागि दिइएको आवेदनका सन्दर्भमा भने मेडिकेड, फुडस्ट्याम्प लगायतका प्रमाणलाई पनि स्वीकार गरिनेछ । तर डिसेम्बर २ पछि पत्र, मेडिकेड वा फुडस्ट्याम्प जस्ता सरकारी सुविधा लिएको प्रमाण जस्ता कागजातका साथमामात्र प्राप्त आवेदनहरु सिधै अस्वीकार गरिने भएको छ ।

डिसेम्बर २ पछि शुल्क मिनाहाका लागि आवेदन दिनेले अक्टोबर २४, २०१९ को फर्मको संस्करण प्रयोग गर्नुपर्नेछ । शुल्क मिनाहाका लागि दिइने उक्त आवेदनका लागि भने कुनै शुल्क तिर्नुपर्दैन ।

आर्थिक बर्ष २०१८ मा युएससीआईएसले २९३ मिलियन डलर शुल्क मिनाहा गरेको छ भने सन् २०१७ मा ३६७ मिलियन डलर शुल्क मिनाहा गरेको थियो । आर्थिक बर्ष २०१६ मा भने २४४ मिलिडन डलर शुल्क मिनाहा गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com