एकबर्षमा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको संख्या सार्वजनिक, गतबर्षभन्दा बढी


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

– किशोर पन्थी

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आर्थिक बर्ष २०१९ मा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या सार्वजनिक गरेको छ । अमेरिकाको आर्थिक बर्ष अक्टोबर १ मा सुरु भएर सेप्टेम्बर ३० मा समाप्त हुन्छ ।

सन् २०१८ को अक्टोबर १ देखि सन् २०१९ को सेप्टेम्बर ३० सम्म अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या १७ हजार १ सय ५९ रहेको छ । जुन गतबर्षको तुलनामा बढी हो । गत आर्थिक बर्ष २०१८ मा १६१७० जना नेपालीहरुले अमेरिकाको बी श्रेणीको भिजिटर भिसा प्राप्त गरेका थिए ।

ठूलो संख्यामा नेपालीहरुले भिजिटर भिसाको आवेदन दिने भएकाले रिजेक्ट हुने भिसाको सख्या पनि उल्लेख्य रहेको छ । तर २०१८ को तथ्यांक हेर्दा आवेदकमध्ये ४८ दशमलव ४७ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएका थिए । गत बर्ष झण्डै १७ हजार नेपालीहरुको भिजिटिर भिसा अस्वीकृत भएको थियो । सन् २०१२ पछिको तथ्यांक हेर्दा औषतमा ५० प्रतिशत नेपाली आवेदकले अमेरिकाको भिजिटर भिसा प्राप्त गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१९ को सेप्टेम्बरमा १२४९, अगस्तमा १३८४, जुलाईमा १५०७, जुनमा १६०१, मेमा २११९, अप्रिलमा २२१७, मार्चमा १६०६, फरबरीमा १०७५ र जनवरीमा १०३७ मा जना नेपालीहरुले अमेरिकाका भिजिटर भिसा पाएका थिए । आर्थिक बर्ष २०१९ को पहिलो तीन महिना अर्थात् सन् २०१८ को डिसेम्बरमा ११७२, नोभेम्बरमा १०७६ र अक्टोबरमा १११६ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।

आर्थिक बर्ष २०११ मा नेपालीको भिजिटर भिसा अस्वीकृत प्रतिशत ५९ दशमलव ९ प्रतिशत थियो । त्यस्तै सन् २०१० मा नेपालीको भिजिटर भिसा अस्वीकृत प्रतिशत ५८ दशमलव ३ थियो । सन् २००९ मा ५९ दशमलव १, सन् २००८ मा ५१ दशमलव २, सन् २००७ मा ५५ दशमलव १ र सन् २००६ मा ५५ दशमलव ३ प्रतिशत रहेको थियो ।

तर सन् २०१२ र त्यसपछिका बर्षहरुमा नेपालीहरुको भिसा अस्वीकृत प्रतिशत स्वीकृत प्रतिशतको तुलनामा कम थियो । अर्थात् कुल आवेदकमध्ये ५० प्रतिशतभन्दा धेरै नेपालीहरुले नै अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका थिए । तर सन् २०१८ मा आएर भिजिटर भिसा पाउने नेपालीको प्रतिशतको तुलनामा नपाउनेहरुको प्रतिशत र संख्या धेरै भएको छ ।

सन् २०१२ मा ४९ दशमलव ४, सन् २०१३ मा ४६ दशमलव ४, सन् २०१४ मा ३८ दशमलव २, सन् २०१५ मा ४२ दशमलव १९, सन् २०१६ मा ४९ दशमलव ५४ र सन् २०१७ मा ४६ दशमलव ४२ प्रतिशत कुल भिजिटर भिसाका आवेदक नेपालीको भिसा अस्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com