विदेश जान छाडेर च्याउ खेतीमा


प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहनुभएको छ ।

यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहनुभएका उहाँ त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख हुनुभएको हो । “म विद्यार्थी मान्छे, अध्ययन सकेपछि केही काम नपाएर विदेश जाने भनेर राहदानी बनाएर मेनपावर धाउने र कामको खोजीमा थिएँ ।” उहाँले भन्नुभयो, “त्यही बेला छिन्ताङ दाईसँग भेटभएपछि विदेश जानुभन्दा यहीँ मिलेर लगानी गरी केही काम गरौं भन्नुभएकाले विदेशिने सोच त्यागेर च्याउखेतीमा लागिरहेको छु ।” विविएस तह उत्तीर्णसमशेर विदेशिने सोच त्यागेर अहिले सामूहिक खेतीमा लागिरहनुभएको छ ।
उहाँसँगै हिजो युद्धका बेला गाउँ–गाउँमा पुगेर देशको व्यवस्था बदल्न जनतालाई राजनीतिक प्रशिक्षण दिँदै हिँड्नुभएका मीना पाख्रिनलाई पनि यतिबेला पनौती नगरपालिका–८ नयाँबस्ती बगरमा प्लास्टिकको टहराभित्रको सानो घरमा च्याउ टिप्न भ्याइनभ्याइ छ । पार्टीको पूर्णकालीन कार्यकर्ता खानीखोला गाउँपालिका–२ घर निवासी पाख्रिनले घरपरिवार त्यागेर युद्धमा होमिएकामा अहिले देशको राजनीतिक व्यवस्थाले कोल्टेफेरेपछि आर्थिक समृद्धिको बाटोमा लागेको बताउनुभयो ।

मान्छे परिस्थितिअनुसार हिँड्न र जिउन सिक्नुपर्ने उहाँको भनाइ थियो । विसं २०५५ देखि जनयुद्धमा लागेर राजनीतिक जीवन शुरु गर्नुभएका उहाँ तत्कालीन नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला सह–सेक्रेटरी र कोषाध्यक्ष हुँदै काभ्रेपलाञ्चोक जिल्ला कमिटी सदस्य र अहिले नेकपाकाको जिल्ला सदस्य हुनुहुन्छ । पार्टीको जिम्मेवारीसँगै पछिल्लो समयमा तरकारीखेतीमा व्यस्त मीना हिजोआज च्याउ फलाएर बजार व्यवस्थापनको सोचमा हुनुहुन्छ ।
उहाँ विगत तीन वर्ष अघिदेखि आम्दानीको पाटोमा कृषि पेशालाई अगाल्दै अर्थोपार्जनमा लाग्नुभएको हो । अहिले उहाँ च्याउ उत्पादनमै केन्द्रित हुनुहुन्छ ।

करीब तीन रोपनी जग्गामा रू नौ लाखको लगानीमा मिलेर सञ्चालन गरेको खेतीमा जिम्मेवारीसमेत बाँडफाँड गरेर काम गरिरहनुभएको मीना टहरामा भएको च्याउ रेखदेख र फलेको च्याउन टिप्ने गर्नुहुन्छ, अर्का साझेदार समशेर प्राविधिक पाटोको काम गर्नुहुन्छ भने रिजन र रमेश उत्पादन भएको च्याउ बजारमा पु¥याउने गर्नुहुन्छ । एक महीना अगाडि शुरु गरिएको काम अहिले धमाधम उत्पादन भएर बिक्री हुन थालिसकेको छ ।
‘भर्खरै फल्न शुरु गरेको छ, अहिले दैनिक एउटै टनेलमा ७०÷८० केजी च्याउ उत्पादन भइरहेको छ ।’ मीनाले भन्नभुयो, “अबको केही दिनमा नै सबै टनेलमा च्याउ फल्न थालेपछि हजार केजीसम्म च्याउ फल्छ, एकैपटक त्यत्रो फलेपछि बजारीकरणका लागि समस्या हुनसक्ने भएकाले पनौती र बनेपाका जिल्लाको बजारमा मात्रै नभइ काठमाडौँको कालीमाटीसम्म लैजाने व्यवस्थाको लागि आवश्यक व्यवस्थापन गरिरहेका छौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“व्यावसायिक काममा लाग्दा राजनीतिमा पनि मद्दत पुगेको उहाँको भनाइ थियो । ‘साथीभाइसँगै मिलेर काम गरेका कारण पार्टीको काम हुँदा एकले अर्कोलाई जिम्मा दिएर जान पाउने भएकाले धेरै सहज भइरहेको छ ।” मीनाले भन्नुभयो, “पार्टीले पनि उत्पादनमा जोड दिने कार्यदिशा अगाडि सारेको र सरकारले पनि आर्थिक समृद्धिको नारालाई अगाडि सारेको अवस्थामा आफैँ पनि त्यसमा सहभागी हुनुपर्छ भन्ने लागेर कृषि पेशामा लागेको हू ।”
उहाँहरुले ११ वटा टनेलमा दुई हजार सात सय वटा बल राखेर च्याउखेती गरिरहनुभएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com