लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ ।
दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आउनुभएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
लिफ्टमर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको थियो । बिहान ८.३० बजे सो दुर्घटनाबाट सख्त घाइते भएका मगरलाई दमकस्थित लाइफलाइन अस्पतालमा पु¥याएको भए पनि उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घाइतेको प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयकुमार पण्डितले बताउनुभयो ।
–––
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।