आयोडिन नुन प्रयोगमा वृद्धि


प्रकाशित मिति : कार्तिक ५, २०७६ मंगलबार

सदरमुकामसम्म आयोडिनयुक्त नुन ल्याउन पहुँच नहुँदा प्रयोग दर घटेकामा अहिले गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि प्रयोग दर बढेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट टे«डिङ कर्पोरेशन लिमिटडेका डिपो स्थापना भएसँगै प्रयोग दर बढेको हो ।

सदरमुकाममा आयोडिनयुक्त नुन ल्याउनका लागि हजारौँ रकम खर्च गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासीले घर नजिकैबाट नुन पाएका हुन् । जिल्ला पूर्वको नलगाड नगरपालिका–७ दल्ली, पश्चिमको छेडागाड नगरपालिकाको थलह र सदरमुकाम खलङ्गाबाट आयोडिनयुक्त सहुलियत नुन वितरण भइरहेको शाखाका प्रमुख भरत श्रेष्ठले बताउनुभयो ।

पाँच वर्ष पहिले ढिकेनुन मात्र प्रयोग गर्ने जिल्लावासी अहिले पूरै आयोडिनयुक्त नुन प्रयोग गर्न पाएपछि खुशी छन् । आयोडिनयुक्त नुन प्रयोग दर बढेसँगै ढिकेनुन विस्थापित भएको नलगाड नपाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । जनताको मागअनुसार आयोडिनयुक्त सहुलियतको नुन जनताले पाएको उहाँले बताउनुभयो । आयोडिनयुक्त नुन प्रयोगका फाइदा थाहा पाएकै करण पनि प्रयोग दर बढेको हो ।

अझै आयोडिनयुक्त नुनको प्रयोग बढाउन जिल्लाका बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा डिपो विस्तार गर्नुपर्ने मागसमेत उठेको छ । सडक सञ्जालसँग जिल्लाका सबै ठाउँ नजोडिएका कारण अझै आयोडिनयुक्त नुन सर्वसाधारणले पाउन नसकेका हुन् । बारेकोट गाउँपालिकाको मुलसाम, जिरीबाट नलगाड नगरपालिकाको दल्लीमा नुन ल्याउनका लागि दुई दिन लाग्ने गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पश्चिमको थलह बजारमा रहेको डिपोबाट जुनिचाँदे गाउँपालिकामा नुन ल्याउन दुई दिन लाग्ने गर्दछ । त्यस्तै कुशे गाउँपालिकामा समेत अझै आडोडिन नुन ल्याउन समस्या हुँदै आएको छ । जुनिचाँदे, कुशेगाउँपालिका र बारेकोट गाउँपालिकामा आयोडिनयुक्त नुन वितरण गर्ने डिपो नहुँदा स्थानीयवासी दुई दिन हिँडेर नुन ल्याउन बाध्य छन् । अबका दुई वर्षभित्र जिल्लाका सबै ठाउँमा सडक सञ्जाल जोडिएमा सबैको पहुँचमा आयोडिननुन हुने सरोकारवालाको भनाइ छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com