इन्टरपोलको साधारणसभामा नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालको सम्बोधन


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले इन्टरपोलको बार्षिक साधारणसभामा बोल्दै इन्टरपोलको सहयोगमा आतंकवाद, संगठित अपराध र साइबरक्राइमबिरुद्ध लड्नका लागि भएका राष्ट्रिय प्रयासबारे जानकारी दिनुभएको छ । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ गते इन्टरपोलको ४ दिने ८८ औं साधारणसभामा केही देशका प्रहरी प्रमुखहरुलाईमात्र बोल्ने मौका दिइएकोमा नेपालका तर्फबाट खनालले बोल्नुभएको थियो ।

 

चीनका राष्ट्रपतिको भ्रमण सफलताका साथ सम्पन्नपछि खनाल इन्टरपोलको साधारणसभामा भाग लिन जानुभएको थियो । यसै क्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले इन्टरपोलका अध्यक्ष किम जोङ्ग याङ्ग र महासचिव जर्गेन स्टकसँग समेत भेटघाट गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

खनालले महासचिव स्टकलाई दोश्रो कार्यकालका लागि नियुक्त भएकोमा बधाई समेत दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले समेत साधारणसभामा भाग लिनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com