कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड हुन्छन्– अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार

सत्तामा गएपछि फेरिने कम्युनिस्ट पार्टीहरु पुरानै रोग भएको सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।  धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्टहरु सत्तामा गएको ५\७ वर्षमा कर्मचारी जस्तो हुने गरेको टिप्पणी गर्नुभएको हो ।

सत्तामा नजाँदासम्म कम्म्युनिस्ट पार्टीका नेता असाध्यै राम्रा, जति दुःख पाएपनि भूमिगत बस्ने, जनताको घरमा जाने, जनता जस्तै हुन्छन्’, उहाँले हाँस्दै भन्नुभयो, ‘कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड, चिल्ला गाडी ‘। चढ्न पनि पर्‍यो फेरि । ’

कर्मचारी जस्ता नेता भएपछि परिर्वतन खतरामा पर्ने र जनता निराश हुने खतरा हुन्छ’ राजा फालेपनि कर्मचारीतन्त्र पुरानै भएको र उनीहरुसँग संगत गर्दागर्दै कम्युनिस्ट नेताहरु पनि कर्मचारी जस्तै हुने उहाँले सुनाउनुभयो ।

नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयो सत्तामा पुगेपछि कम्युनिस्टहरुले पनि अब हाम्रो पालो भनेर पद, प्रतिष्ठा पैसा खोज्नतिर लाग्ने र आफैं पतन भएर जाने गरेको इतिहास रहेको समेत स्मरण गराउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com