काठमाडौं- केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले नै गरिदिने


प्रकाशित मिति : आश्विन २७, २०७६ सोमबार

बहुप्रतीक्षित काठमाडौं केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ। चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका दौरान यसमा चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल(चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो। चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्नुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गर्ने गरिन्छ।

पूर्वसम्भाव्यता अध्ययनले उक्त रेलमार्ग निर्माण सम्भव देखाएको छ। त्यो अध्ययनलाई थप प्रभावकारी बनाउन सम्भाव्यता अध्ययन गर्न खोजिएको विभागले जनाएको छ। त्यसका आधारमा डीपीआर र निर्माण मोडालिटीको टुंगो लाग्नेछ।

मन्त्रालयले सी भ्रमणकै बेला डीपीआरका लागि प्रस्ताव पेस गर्ने तयारी गरेको थियो। तर, तत्काल चीनले डीपीआरभन्दा सम्भाव्यता अध्ययनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको हो। मन्त्रालयका सचिव देवेन्द्र कार्की नेतृत्वको सात सदस्यीय टोली रेलमार्गसम्बन्धी छलफल गर्न गत असार २ गते चीन गएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल र चिनियाँ पक्षबीच रेलमार्गसम्बन्धी चौथो पटक छलफल भएको थियो। नेपाली टोलीलाई चिनियाँ प्रतिनिधिले पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे बिफ्रिङ गरेको थियो। चीनले त्यस बेला पनि डीपीआरभन्दा सम्भाव्यता अध्ययनमै जोड दिएको थियो। सम्भाव्यता अध्ययन अगाडि बढाउन चीनले नेपालबाट प्राविधिक सहयोग माग गरेको थियो।

मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीका अनुसार सम्भाव्यता अध्ययन गर्न चीनले रेलमार्ग निर्माण हुने क्षेत्रको नक्सा, जनसंख्या, घरटहरा, निकुञ्ज र जंगलको विवरण मागेको थियो। आवश्यक विवरण नेपाली पक्षले संकलन गरी चीनलाई हस्तान्तरण गरेपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढ्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com