राष्ट्रपति  सी भ्रमणले नेपालको भाग्य कोरिने छ : अध्यक्ष दाहाल


प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमण सामान्य भ्रमण मात्र नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा दिवाकर भुसालको १६ औँ स्मृति दिवसको अवसरमा चितवनको माडीमा आयोजित प्रतिमूर्ति अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले सीको भ्रमणले नेपालको नयाँ भाग्य रेखा कोरिने बताउनुभयो ।

“दुई दिने भ्रमण भए पनि २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल आगमन हुँदैछ”, उहाँले भन्नुभयो- “यो भ्रमणले समग्र दक्षिण एशियाली राष्ट्रहरुको सम्बन्धलाई थप उचाई दिनेछ । त्यसैले यो भ्रमण सामान्य भ्रमणका रुपमा बुझ्नु हुँदैन् ।”

अध्यक्ष प्रचण्डले विश्वकै दोस्रो आर्थिक शक्तिशाली राष्ट्र चीनका राष्ट्रपतिको भ्रमणमा हुने सहमतिले नेपालको भावी विकासमा दुर्गामी महत्वको भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल अहिले समाजवादी युगको तयारी भइरहेको बेला चिनियाँ राष्ट्रपतिको भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

‘राष्ट्रपति सीले मित्र राष्ट्र भारतको दुई दिने भ्रमण गरी नेपाल आउने भएकाले यसको महत्व ठूलो छ’ प्रचण्डले भन्नुभयो । प्रचण्डले वर्तमान सरकार दुई ठूला आर्थिक शक्तिशाली राष्ट्र चीन र भारतसँग सुमधुर सम्बन्ध कायम गर्न सफल भएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com