आत्मीयता र सामीप्यता हराउँदै गएकामा चिन्ता


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

ः बडा दशैँ शुरु भएसँगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरूमा रौनक छाएको छ । दशैँ मनाउन परदेश र स्वदेशका विभिन्न ठाउँमा मानिसहरू गाउँमा आएपछि विगतमा युवाविहीन भएका रित्ता गाउँहरू केही समयका लागि भए पनि भरिन थालेका छन् । सदरमुकाम बेनीबजारलगायत गलेश्वर, बाबियाचौर र दरवाङ आदि ग्रामीण बजारहरूमा मानिसको चहलपहल कम भएको छ ।

अध्ययन, जागिर, छोरीछोरी पढाउन आदि कारणले बजारमा बस्दै आएका व्यक्तिहरू आ–आफ्नो गाउँ फर्किएपछि बेनी बजार सुनसान जस्तै बनेको छ । आफन्तहरू विदेश वा शहरबाट गाउँमा आए पनि दशैँ केवल औपचारिकतामा सीमित हुन थालेकामा बूढापाकाहरूको गुनासो रहेको छ । बल्ल बल्ल घरमा आएका छोराछोरी, नातिनातिना र आफन्तजनहरू पनि मोबाइल र इन्टरनेटमा व्यस्त हुने हुँदा मन खोलेर कुराकानी गर्न नपाइने बाबियाचौरका दधिराम शर्माले बताउनुभयो ।

“एक ठाउँमा बस्दा पनि सामीप्यताको अनुभूति नै हुँदैन, सबै आ–आफ्नो तालमा व्यस्त हुन्छ, सोधेको कुरा मात्रै संक्षेपमा भन्छन् बढी कुरा गर्ने समय नै हुँदैन”, शर्माले भन्नुभयो ‘प्रविधिले सामिप्यता र आत्मियतामाथि नै अतिक्रमण गरेको छ ।

दशैं मनाउने शैलीमा परिवर्तन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिव चार दशकअघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको स्थानीय बृद्धबृद्धाहरूले बताएका छन् । युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको विचलन र प्रविधिको विकासले दशैंलाई फरक बनाउँदै लगेको उनीहरूको भनाइ रहेको छ ।

त्यसैगरी भौतिक पूर्वाधारमा आएको विकासका कारण अव घर सिंगारपटार, लिपपोत गर्ने चलन हराउँदै गएको छ । लिंगे पीङ र चमच्चा गाउँघरमा देखिन छोडेका छन् भने युवा र बालबालिकाहरू मोवाइल, ल्यापटप लगायतका प्रविधिमा व्यस्त हुने गरेका म्याग्दीका साजिक विकास विज्ञ हरिकृष्ण आचार्यले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com