महरालाई नियन्त्रणमा लिन जिल्ला अदालत काठमाडौंको आदेश


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई जबरजस्ती गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका कृष्ण बहादुर महरालाई नियन्त्रणमा लिन अदालतले पत्र दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आदेशसँगै प्रहरीले महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानविन गर्ने बाटो खुलेको छ। अदालतबाट नियन्त्रण गर्ने अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई नियन्त्रणमा लिनेछ।

जबरजस्ती करणीको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com