दशैँमा स्याउ कोसेली


प्रकाशित मिति : आश्विन १७, २०७६ शुक्रबार

अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने तयारी गर्नुभएको छ । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने तयारी गर्नुभएको हो ।

धामीले यसअघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गर्नुभएको थियो । अपी हिमाल गाउँपालिकाबाट पिठ्यूँमा बोकेर ल्याएको स्याउको बजारीकरण होस् भन्नका लागि कार्यक्रममा स्याउ वितरण गर्नुभयो । तर सडक अभाव र बजार नहुँदा अहिले पनि उहाँको स्याउ बारीमै कुहिने अवस्थामा पुगेको छ ।

“खण्डेश्वरीमा स्याउको बजार छैन । सानो बजार छ, स्याउ कृषक धेरै छन् । स्याउ ग्रेडिङ गर्ने, स्याउ स्टोर गर्ने उपकरण छैन”, धामीले भन्नुभयो, “बारीमै कुहिन दिनुभन्दा आफन्तलाई स्याउ उपहारको रुपमा दिनु ठीक हुन्छ ।”

अपी हिमालको खण्डेश्वरीको पाथामा फलेको स्याउ बजार ल्याउनै समस्या छ । दुर्गम बस्तीमा यस्तो अर्गानिक स्याउ, प्रचारप्रसार र बजारीकरण आवश्यक रहेकामा कार्यक्रमका सहभागिले जोड दिए । तर अहिले पनि उहाँको मात्र नभई जिल्लाभरिका स्याउ कृषकले उत्पादन गरेका स्याउले बजार पाएका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खण्डेश्वरीमै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन र ग्रामीण जलस्रोत परियोजना जीविकोपार्जन कार्यक्रमअन्तर्गत अपी हिमाल गाउँपालिका–३ र ४ मै हजारौँ बोट स्याउ खेती गरिएको छ ।

स्याउको बजार नपाउँदा कृषकहरुले स्याउलाई आफन्तलाई कोसेलीका रुपमा दिन थालेका छन् । पछिल्लो समय व्यावसायिक रुपमा स्याउ खेती गर्न थालेका यहाँका स्थानीयहरु बजार अभावमा समस्या झेल्दैछन् ।

हिमाली क्षेत्रका स्थानीयको अधिंकाश बबारीमा स्याउ लटरम्म फलेका छन् । तर बजार र सडकको पहुँचबाट टाढा भएकाले उनीहरुले बिक्री गरेर आर्थिक लाभ लिन भने सकेका छैनन् । “बजार र सडक नहुँदा आफन्तलाई स्याउ कोसेलीस्वरुप दिने गरेका छाँै”, कपुर धामीले भन्नुभयो, “चाडपर्वको बेला नजीकका आफन्तलाई स्याउ दिनु परेको छ । उहाँले आफ्नो बारीमा लगाएका डेढ सय बोटका स्याउ बिक्री नभएपछि कोसेलीका रुपमा दिँदै आउनुभएको छ । एउटा बोटमा सरदर २० किलोभन्दा बढी नै फल दिएको छ । गाउँसम्म न सडक पहुँच छ, न त बजार नै । जसका कारण उत्पादित स्याउबाट आम्दानी हुन नसकेको उहाँले बताउनुभयो ।

“जिल्लाको व्यास, अपी हिमाल, नौगाड, मार्मा, र दुहुँ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ । यीमध्ये अपी हिमाल र व्यासमा राम्रो स्याउ उत्पादन भएको छ । सडक पुगेको क्षेत्रमा स्याउ खासै फलेको छैन । थोरै सडक पहुँच नजीक पुगेका छौँ”, मार्मा–५ का स्याउ कृषक इन्द्रसिंह महताले भन्नुभयो ।

तर यस क्षेत्रमा जङ्गली जनावर बँदेल र असिना पानीले स्याउ नष्ट गरिदिन्छ । बजार र सडक छ, तर स्याउ लगाउने कृषक कम छन्, महताले भन्नुभयो, “आफूले पनि शुरुमा बैतडीको सतबाजबाट परीक्षणका लागि लगाएको स्याउले अहिले उत्पादन दिन थालेको सुनाउनुभयो । “शुरुमा दुई सय बोट ल्याएर खेती गरे”, उहाँले भन्नुभयो । तर असिना र जङ्गली जनावरबाट जोगाउनै मुस्किल छ । १०÷१५ क्विन्टल मार्मा गाउँपालिका बजारमा बिक्री गरियो ।

स्याउ अपी हिमालको वडा नं २ को सिती, दैभात, ३ को पाथा, कसौती, थुम्ती, ४ को खात्ती लगायतमा राम्रो उत्पादन हुने गरेको छ । यस्तै व्यास गाउँपालिकाको छाङ्गरु, गागा, राप्ला, मल्लीराप्ला, दुम्लिङ, पथ्थरकोट, तुसरपानी लगायतका क्षेत्रमा राम्रो उत्पादन हुने गरेको व्यास गाउँपालिकाका कृषि प्राविधिक विश्वेश्वरप्रसाद बडूले बताउनुभयो ।

जिल्लाभरि स्याउको सम्भावना बोकेका क्षेत्र छन् । स्याउ उत्पादन हुने क्षेत्रमा स्याउ ग्रेडिङ, स्याउ स्टोरेज र स्याउ परिकार बनाउने तालीम पाउनुपर्ने स्याउ किसानको माग छ । स्याउको परिकार बनाएर बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com