यौन हिंसाको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । सभामुखको सुरक्षार्थ खटिएका १७ जना नेपाली सेना, ९ जना प्रहरी र उनी चढ्ने सरकारी गाडी फिर्ता भएकाे हाे ।
अब निवर्तमान सभामुख महरासँग २ जना पिएसओ मात्र बाँकी रहेको उनका प्रेस विज्ञ डिल्ली मल्लले बताए । महराले सरकारी निवास बालुवाटार भने छाडेका छैनन् । ‘उहाँको काठमाडौंमा आफ्नै घर छैन । डेरा खोज्नुपर्ने भएकाले हाल बालुवाटारमै हुनुहुन्छ । केही दिनपछि सरकारी निवास पनि छोड्नु हुन्छ’ मल्लले भने
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।