बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दिपायलको पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु फेलापरेको अनुगमनमा गएका दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करीब पाँच लाखबराबरको अखाद्य वस्तु हामीले फेला पारी जफत गरेका छौँ, कानूनी प्रक्रियाअनुसार नष्ट गर्छौँ ।”

दिपायलको पिपल्ला बजारमा अखाद्य वस्तु बिक्री वितरण हुन थालेको खबर व्यापकरूपमा आउन थालेपछि टोलीले बजारमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । बजार अनुगमनका क्रममा टोलीले करीब लाखौँ मूल्यका बिस्कुट, चाउचाउ, दालमोट, विभिन्न मसला आइटम, जुस, चक्लेट, गुल्कोजसहितका अखाद्य वस्तु फेला पारेको अनुगमन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।

उपभोक्ताहरु अखाद्य वस्तु प्रयोग नगरुन भन्ने उद्देश्यले आफूहरु अहिले निकै सुक्ष्मरुपमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको जाँच गर्न लागेको खाद्य प्रविधि तथा गण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख नारायण रावतले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लामा वर्षेनी ठूलोमात्रामा अखाद्य वस्तु विक्री वितरण हुँदै आएको छ । यहाँको बजार क्षेत्रमा खासै उक्त अखाद्य वस्तु बिक्री वितरण नहुने गरे पनि यहाँका ठूलो डिलर व्यापारीहरुले गाउँघरमा उक्त म्याद सकिएको अखाद्य वस्तु बिक्री वितरणका लागि पठाउने गरेको स्थानीयवासीको आरोप छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com