तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

ः दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

वर्षायाममा जीपसमेत नचल्ने विकट बस्तीबाट सरकारले पहिलो पटक एयर एम्बुलेन्स हेलिकप्टरमार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गरेको हो । आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरुलाई आईसीयूमार्फत थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो ।

उनीहरुको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार हुने बताइएको छ । तेस्रो सन्तानको रूपमा गर्भवती बनेकी धामीले निर्धारित समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले जानकारी दिनुभयो । कात्तिकमा प्रसूति हुनुपर्ने धामीले एक महीना अघि नै तीन बच्चा जन्माएकी हुन् । यसअघि धामीका छ वर्ष र तीन वर्षका छोरी छन् ।

दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेशिन नहुँदा थप उपचारका लागि रिफर गरिएको ठगुन्नाले बताउनुभयो । धामीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार नै एयर एम्बुलेन्समार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भए पनि कागजी प्रक्रियामा ढिलाइ हुँदा आज बिहान मात्र उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो । “गाउँपालिकाले सोमबार ढिलोगरी जानकारी गरायो”, उहाँले भन्नुभयो, कागजी प्रक्रिया मिलाउँदा आज बिहान मात्र स्वीकृत भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।”

सरकारले समयमै महिला र नवजात शिशुको उद्धार गरेपछि सामाजिक प्रयोगकर्ताहरुले सरकारको प्रशंसा गरेका छन् ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com