नेपाल सेन्टर अफ नर्थ क्यारोलाईना ( एनसीएनसी ) को अध्यक्ष पदमा रबिन्द्र कार्कीको उम्मेदवारी


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

नेपाल सेन्टर अफ नर्थ क्यारोलाईना ( एनसीएनसी ) को अध्यक्षमा समाजसेवी तथा व्यवशायी रबिन्द्र कार्कीले उम्मेदवारी दिनुहुने भएको छ । वर्तमान कार्यसमितिमा समेत बरिष्ठ उपाध्यक्ष रहनु भएका कार्की विगत लामो समयदेखि नर्थ क्यारोलाईनाको नेपाली समाजमा  समाजसेवीको रुपमा परिचित हुनुहुन्छ ।
नर्थ क्यारोलाईनाको मोरिस्भिलमा विभिन्न व्यवसायमा सक्रिय कार्की सो संस्थामा लामो समयदेखि सक्रिय व्यक्ति पनि हुन् । यसअघि उनले दुई कार्यकाल संस्थाको कार्यकारी समितिमा रहेर काम गरिसकेका छन् । विशेष गरि एनसीएनसीलाई अमेरिकी मुलधारमा परिचित गराउन उनको विशेष योगदान रहेको छ । कार्की स्थानीय अमेरिकी समाजका राजनीतिक नेताहरु , कांग्रेसम्यान, सिनेटरसम्मका ब्यक्तिहरुसँग निकटको सम्बन्ध स्थापित गरि त्यस सम्बन्धलाई नेपाल र नेपालीको हितमा उपयोग गर्न प्रयत्न गरिरहने ब्यक्तिको रुपमा समेत सुपरिचित छन् ।
“अमेरिकी नेपाली समाजको मौलिक पहिचानको जगेर्ना गर्दै समग्र अमेरिकी मुलधारमा पहुँच पुर्याउनु आजको हाम्रो आवश्यकता हो, यसको लागि हाम्रो एकता नै सबैभन्दा ठूलो साधन हो,”उनले भने ।
एनसीएनसीले मोरिस्भिलमा हरेक बर्षको अप्रिल तेस्रो शनिवार नेपाल डे परेड मनाउने गर्दछ ,कार्की सो परेडको परिकल्पनाकार मध्येका एक हुन् ।
सन् १९९७ मा अमेरिका आएका कार्की गैरआवासीय नेपाली संघ सिन्धुली परियोजना नोर्थ अमेरिका को साथै नेपाली एसोसिएसन फर नर्थ इष्ट अमेरिका को आर्थिक कमिटि का अध्यक्ष पनि हुन् । समाजसेवामा उनको उच्च योगदानको कदर गर्दै मोरिस्भिल मेयरले उनलाई विशेष सम्मान समेत प्रदान गर्नु भयको थियो भने नेपाली एसोसिएसन फर नर्थ इष्ट अमेरिकाले “बेष्ट सोसल सर्भेन्ट अवार्ड–२०१४” ले पुरस्कृत गरेको थियो ।
समग्र संस्थाको हित र समाजिक एकता नै नेपाली समाजको सुन्दर पक्ष हो भन्ने कार्कीले यस अघिको कार्यसमिति चयनमा समेत सर्वसम्मत् नेतृत्व चयन गर्नको लागि अाफ्नो अध्यक्ष पदको दाबी छोडिदिएका थिए ।
“ हामी सबैको उद्धेश्य समाजलाई सकेको दिने भन्ने नै हो , र त्यसको लागि संस्थामा मतमतान्तर हुनु राम्रो होइन भनेर मैले यस अघिको आफ्नो दाबी छोडिदिएको हुँ,” कार्कीले भने । यसपटक सबै अग्रजहरुको सुझाब र समुदायका सदस्यहरुको चाहनामा आफू अघि बढेको वहाँको भनाइ छ । कार्की समाजसेवीका अलावा एक सफल व्यवसायी पनि हुन् । उनको एकाउन्टिगं फर्म, रियल स्टेट, रेष्टुरेन्ट, सूचना प्रबिधी लगायतको व्यवसायमा लगानी छ । “यहाँको नेपाली समाजमा लामो समयदेखि सक्रिय छु, अब एकपटक संस्थाको नेतृत्व लिएर केही नयाँ काम गर्ने चाहना छ, मलाई विश्वास छ विगतको मेरो त्याग र योगदानकै कारण मलाई सबैले सघाउनु हुनेछ,” उनले भने ।
सन् १९९९ मा स्थापना भएको एनसिएनसिको अधिवेशन अगामी डिसेम्बरमा हुनेछ ,जसले आगामी २ बर्षको लागि नयाँ कार्य समिति चयन गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com