विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि रातको विद्युत् सस्तो


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

नेपाल विद्युत् प्राधिकरणले रातिको समयमा विद्युतीय सवारी साधनलाई चार्ज गर्न सस्तो दरमा विद्युत् उपलब्ध गराउने भएको छ ।

सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई विस्तार गर्ने र सार्वजनिक यातायातामा पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्य राखेकामा त्यसलाई पूरा गर्न रातिको समयमा सस्तो दरमा विद्युत् उपलब्ध गराउने नीति लिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय सवारी साधनका लागि विद्युत् उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रातको समयमा विद्युत्को माग असाध्यै कम हुने भएकाले सोही समयमा विद्युत्को खपत बढोस् भनेर सस्तो दरमा विद्युत् उपलब्ध गराइएको छ, हाल केही कम्पनीले मात्रै उक्त सेवा लिएका छन्, विस्तारै त्यो बढेर जाने विश्वास छ ।”

प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युतीय सवारी साधन चार्ज गर्दा नौ रुपैयाँ ५० पैसासम्म पर्ने र दिउँसो प्रतियुनिट सात रुपैयाँ ५० पैसासम्म पर्न जाने जनाएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकार र निजी क्षेत्रको सक्रियता बढेपछि प्राधिकरणले पनि त्यसलाई उपयुक्त विधिबाट विद्युत् उपलब्ध गराउन लागेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पच्चीस प्रतिशत शेयर बिक्री गर्ने तयारी

प्राधिकरणले चुक्ता पूँजीको २५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “चुक्तापूँजीको २५ प्रतिशत शेयर बिक्रीको तयारी गरिएको छ, तर त्यसका लागि प्राधिकरणको घाटा पूर्णरुपमा नाफामा परिणत हुनुपर्नेछ ।” प्राधिकरणले त्यसका लागि वित्तीय पुनःसंरचनाको पनि काम गरिसकेको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com