हनुमन्ते सफाइ अभियानको ८१ हप्ता, दुई टन फोहर व्यवस्थापन


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

हनुमन्ते नदी सफाइ अभियानको ८१आँै हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ ।

अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिनुभयो ।

अभियानका सहसंयोजक सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, अभियानका अगुवा अभियाकर्मी, सफाइ अभियानका सल्लाहकार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पातञ्जल नेपाल, जीवन विज्ञानलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं अभियानकर्मीको सफाइ अभियानमा सहभागिता रहेको उत्प्रेरक रुद्र पौडेलले जानकारी दिनुभयो ।

नेकपाका नेता एवं सांसद महेश बस्नेतको अगुवाइ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजनमा शुरु भएको अभियान १०० हप्तासम्म निरन्तर जारी राख्ने बताइएको छ । हनुमन्ते सफाइ अभियानले डेङ्गु रोग नियन्त्रण अभियानसमेत सञ्चालन गरेको छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com