न्युयोर्क बिश्व काव्य यात्रा दोश्रो शृंखला भब्य रुपमा सम्पन्न : बरिष्ठ कवि तथा गीतकार बसन्त चौधरी अभिनन्दित


प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार

बरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीको बिश्व काव्य यात्रा दोश्रो शृंखला अन्तर्गत न्युयोर्क श्रृङखला एक भब्य समारोह बिच सम्पन्न भयो । अनेसास न्यूयोर्क च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व च्याप्टर अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।कार्यक्रम का प्रमुख अतिथि न्युयोर्क स्टेट सिनेटर जोन सी लिउ, कार्यक्रम का मुख्य आकर्षक बसन्त चौधरी र अनेसास बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गीता खत्री विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रमको शुरुवात बिशेष अतिथि प्रमुख आकर्षण कबि वसन्त चौधरी ले पानसमा बत्ती बालेर बिश्व काव्य श्रृङखलाको उद्घघाटन गरेका थिए ।

लोकप्रिय कलाकारद्वय सपना श्री र संगीता छोचुंले नेपाली राष्ट्रिय गान र प्रतिभावान सानी कलाकार अर्मानी महर्जनले अमेरिकन राष्ट्रिय गान गाएर गरिएको थियो। सभापति राजेन्द्र श्रेष्ठले सबै लाई स्वागत गर्नुका साथै 9/11 को दिनलाई सम्झना गर्दै अमेरिका र विश्वका निम्ति कालो दिनको सम्झना दिलाउँदै केहि क्षण मौन धारण गर्न आह्वान गर्नुभयो।

प्रख्यात उद्योगपति तथा समाजसेवीका रुपमा देश तथा बिदेशमा सुपरिचित बसन्त चौधरीले अनेक कालजयी गीतहरु नेपाली संगीत जगतलाई प्रदान गरेर तथा नेपाली तथा हिन्दी भाषामा आफ्ना कविता संग्रह प्रकाशित गरेर एक कुशल गीतकार र कवि रुपमा पनि आफ्नो पहिचान बनाउन सफल चौधरीले लगभग एक घण्टा एकल कबिता बाचन शैलीमा आफ्ना पुर्व प्रकाशित र प्रकाशोन्मुख कबिता, गीत/गजल र मुक्तक बाचन गरेर सबैको मन जिते । ऊनले नेपाली,हिन्दी तथा अंग्रेजी कविता/गीतहरु सुनाएका थिए । नेपाली,बिदेशी भाषा साहित्य प्रेमी दर्शक हरु को बाक्लो उपस्थिति रहेको थियो । अत्यन्त मिठो स्वर र नम्र मिजास का धनि चौधरी संगै दर्शक हरु ले पनि गजल गाएर झुमेका थिए ।

सो पुस्तक नेपाली भाषा लगायत हिन्दी ,मैथली ,मारवाडी, नेपालभाषा, बंगाली, अंग्रेजी आदि गरि ९ भाषामा प्रकाशित गरिएको छ । सोहि अवसर मा सबै नेपाली को तर्फ बाट बरिष्ठ कवि तथा गीतकार वसन्त चौधरी लाइ अभिनन्दन गरिएको थियो ।प्रमुख अतिथि जोन सी लिउ र बिशेष अतिथि गीता खत्री ले अभिनन्दन पत्र र सभापती राजेन्द्र श्रेष्ठ ले दोसल्ला र पुष्प गुच्छा प्रदान गर्नु भएको ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त्त अवसर मा न्युयोर्क सिटी को तर्फबाट बसन्त चौधरी ले नेपाली साहित्य र काब्य जगत लाई विश्व काब्य शृंखला मार्फत संसार भरी नेपाल र नेपाली लाई चिनाउनु का साथै नेपाली कला साहित्यमा पुर्याउनु भएको योगदान को कदर गर्दै प्रमुख अतिथि श्री जोन सी लिउ ले साऎटेसन प्रदान गर्नु भएको थियो ।अभिनन्दित व्यक्तित्व बसन्त चौधरी ले कार्यक्रम का प्रमुख अतिथि र अनेसास न्युयोर्क च्याप्टर लाई माया को चिनो प्रदान गर्नु भएको थियो । बिशेष अतिथि गीता खत्री ले बसन्त चौधरी लाई बधाई दिनु का साथै उहां को विश्व काब्य यात्रा को अन्तिम शृंखला पनि न्युयोर्क मै गर्ने घोषणा गर्दै आफनो मन्तब्य राख्नु भएको थियो ।कार्यक्रमको अन्त्यमा कार्यक्रम का सभापति राजेन्द्र श्रेष्ठ र समाज सेवी सोमनाथ घिमिरे ले उपस्थित सम्पूर्ण पाहुना हरु लाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम को समापन गर्नु भएको थियो। कार्यक्रम सन्चालन अनेसास न्युयोर्क च्याप्टर का उपाध्यक्ष तथा चर्चित कवि शकुन ज्ञवाली ले गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com