माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग


प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग गरेको छ ।

विभिन्न १० राजनीतिक दलले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले रु ७० अर्बमा पूरा हुने परियोजना लागत खर्च दोब्बरभन्दा बढी बढाएर रु एक खर्ब ६४ अर्ब पु¥याएकोमा आपत्ति जनाउनुभयो । भारतको जीएमआर कम्पनीसँग नेपाल सरकारले सो सम्झौता गरेको छ ।

बङ्गलादेशसम्म विद्युत् पु¥याई बिक्री गर्ने चाँजो मिलाउन कम्पनीलाई अघि सारेर म्याद थप्ने जुन षड्यन्त्र भइरहेको छ, त्यसको हामी घोर भत्र्सना गर्दछौँ”, गजुरेलले भन्नुभयो ।

उहाँले सो कम्पनीले १२ वर्षको बीचमा पनि परियोजना पूरा गर्नेतर्फ काम कारवाही अगाडि नबढाएको भन्दै उहाँले सो कम्पनीले काम पनि नगर्ने तर नवीकरण गर्न खोज्नेप्रति आशङ्का व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो परियोजनाबाट चार हजार १८० मेगावाट बिजुली निकाल्न सकिने र उत्पादित पानीबाट रु १५ लाख हेक्टर जमीनको सिँचाइ हुनसक्ने बताइएको छ । कर्णाली बचाऊ राष्ट्रिय अभियानका अध्यक्ष जगत् रेग्मीले कानूनीरूपमा खारेज भइसकेको सो कम्पनीको सम्झौता नवीकरण गर्न नहुने माग गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पासाङ मोक्तान र जनसमाजवादी पार्टीका अध्यक्ष सुभाष काफले, नेकपा मालेका स्थायी समिति सदस्य दीनानाथ घिमिरे, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले कर्णाली परियोजनाका विविधपक्ष माथि प्रकाश पार्नुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com