रुपन्देही अजिङ्गरको उचित बासस्थान


प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार

रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान भएको स्थानका रुपमा पाइएको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका अजिङ्गरको तथ्याङ्क हेर्दा बासस्थानका लागि उपयुक्त भएको पाइएको हो ।

डिभिजन वन कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा मात्रै नौ वटा अजिङ्गर उद्धार गरी पुनःस्थापना गरिएको छ । जिल्लाको मायादेवी, ओमसतिया गाउँपालिका, सिद्धार्थ नगरपालिका लगायतका विभिन्न स्थानमा अजिङ्गर फेला परेको कार्यालयका सूचना अधिकारी गिरीराज पन्तले जानकारी दिनुभयो । सबैभन्दा बढी सिद्धार्थ नगरपालिकामा रहेका विभिन्न कारखाना नजीकबाट अजिङ्गरको उद्धार गरी पुनःस्थापना गरेको उहाँले बताउनुभयो ।

“कार्यालयका तालीम प्राप्त कर्मचारीले अजिङ्गरको उद्धार गर्छन्, उद्धार गरिएका अजिङ्गरलाई मानिसको आवतजावत कम हुने स्थानमा पुनःस्थापना गर्छौं”, उहाँले भन्नुभयो । रुपन्देहीमा गत वर्ष पाँच वटा अजिङ्गरको उद्धार गरिएको थियो । वन कार्यालयले अहिलेसम्म ६७ वटा अजिङ्गरको उद्धार गरी पुनःस्थापना गरेको छ । यो वर्ष रुपन्देहीमा सबैभन्दा धेरै अजिङ्गर र नीलगाई उद्धार गरिएको कार्यालयका सूचना अधिकारी पन्तले बताउनुभयो । यो वर्ष अजिङ्गरसँगै दुई नीलगाई, एक–एक चितुवा, मृग, बँदेल, सारस, सुनगोहोरोको उद्धार गरिएको छ ।

“अजिङ्गर ठूलो सर्प हो, यो प्रायः घना जङ्गलमा बस्छ, तर कहिलेकाहीँ लत्रिएर बस्तीमा पस्छ, यस्तो अवस्थामा उद्धार गरेर उचित बासस्थानमा पु¥याउँछौँ”, डिभिजन वन रुपन्देहीका अधिकृत इन्द्र पछाईले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकृत पछाईका अनुसार अजिङ्गर प्रायः रूखको ठूलाठूला मुडाहरु, सुकेको पातहरु, नदी र ठूला पोखरीहरुका आसपासका घाँसेमैदानमा पनि बस्ने प्राणी हो । यसको टाउको फराकिलो र आँखाहरु साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । शरीर सेतो र छिरबिरे रङ्गको हुन्छ । लम्बाइ करीब सात मिटर हुन्छ । संसारमा पाइने विभिन्न सर्पमध्ये यो सबैभन्दा ठूलो सर्प भए पनि विषालु नहुने अधिकृत पछाईले बताउनुभयो ।

“अजिङ्गर विषालु हुँदैन तर सचेतनाको अभावले यसलाई देख्नेबित्तिकै सर्वसाधारण डराउँछन्, यसले नजिस्काउँदासम्म मानिसलाई टोक्दैन”, अधिकृत पछाई भन्नुहन्छ । विभिन्न स्थानमा फेला परेका अजिङ्गरलाई केही समय डिभिजन वन कार्यालयको बासस्थानमा राखेर जङ्गलमा छाड्ने गरेको कार्यालयले जनाएको छ ।

नेपालमा रक पाइथान र बरमिज गरी दुई प्रकारका प्रजाति पाइए पनि रुपन्देहीमा रक पाइथान पाइएको छ । यसको लम्बाइ तीनदेखि सात मिटरसम्म हुने गर्दछ । रक पाइथान संरक्षित सूचीमा रहेको लोपोन्मुख सरीसृप प्राणी हो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com