जनसम्पर्क समिति अमेरिकामा एकताको वातावरण खतरामा पर्ने लक्षण


प्रकाशित मिति : फाल्गुन १०, २०७३ मंगलबार

-बिष्णु सुवेदी

विगतमा लामो समयदेखि नेपाली जनसम्पर्क समिति अमेरिका भित्रको आन्तरिक विवादले संगठनको छवि, कार्यक्षमता र गतिशीलतामा गंभीर आघात परेको कुरा सर्वविदित नै छ । लामो समयसम्मको चरम विवादका कारण धराशायी हुन लागेको संगठनलाई बचाउदै सबै पक्षलाई समेटेर मेरो नेतृत्वको तयारी समितिले टेक्सासमा सफलतापूर्वक सम्पन्न गरेको दोश्रो अधिवेशनपछि आपसी विवाद मत्थर भई सांगठनिक एकता मजबुत हुने आशा गरिएकोमा नेजसअ नेतृत्वको अनुदार एवं नितान्त स्वार्थप्रेरित क्रियाकलापले उक्त आशामा तुषारापात भएको व्यहोरा उल्लेख गर्नुपर्दा मलाई दुख लागेको छ ।

संगठनप्रतिको हाम्रो गहिरो चिन्ताका कारण केही समय यता शुरू भएको एकताको वातावरण नेतृत्वको अदूरदर्शिताका कारण फेरि खतरामा पर्ने लक्षण देखिन थालेको छ । आफ्नो कार्यकाल समाप्त हुन केही महिना मात्र बाँकी रहेको अवस्थामा सबैको साथ र सहयोग लिएर च्याप्टर तथा केन्द्रीय अधिवेशनको तयारीमा जुट्नुपर्नेमा विगत दुई वर्षभन्दा बढी समय आपसी मनमुटाव बढाउने र सांगठनिक एकता कमजोर पार्ने मात्र काम गरेको नेतृत्वले आफ्नो कार्यकाल लम्ब्याउने मनसायले साधारण सभाको आयोजना गरेको छ ।

हाम्रो असहमतिका बाबजूद हुने भनिएको उक्त साधारण सभाले आपसी एकतालाई कमजोर पार्ने ठहर गरी हाम्रो रगत र पसिनाले सिंचित संगठनको यो दुरावस्था टुलुटुलु हेरेर बस्न नसकेर फेब्रुअरी १८, २०१७ मा नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक म विष्णु सुवेदीको संयोजनमा बसेको नेपाली जनसम्पर्क समिति अमेरिकाका अग्रज, पदाधिकारी, केन्द्रीय सदस्यहरू, सल्लाहकारहरू, च्याप्टर सभापतिहरू तथा जिम्मेवार साथीहरूको बैठकद्वारा नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठन भित्र देखा परेका समस्याहरू निराकरण गरी संगठनलाई चुस्त, दुरुस्त बनाउनको लागि वृहत छलफल गरी निर्णय गर्न अप्रिल ८, २०१७ का दिन न्यूयोर्कमा राष्ट्रिय प्रतिनिधि भेला आयोजना गर्ने निर्णय गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त बैठकले अमेरिकाभर छरिएर रहेका आदिवासी, जनजाति,महिला र मधेशबासीको समुचित प्रतिनिधित्व र सहभागिता रहने गरी संगठन सुदृढ गर्ने निर्णय गर्नुका साथै राष्ट्रिय प्रतिनिधि भेलामा नेपाली काँग्रेसका सभापति, वरिष्ठ नेता, महामन्त्री तथा केन्द्रीय सदस्यहरू र संसारभर विभिन्न राष्ट्रमा रहेका नेपाली जनसम्पर्क समितिका साथीहरूलाई राष्ट्रिय प्रतिनिधि भेलामा सहभागिताको लागि निमन्त्रणा गर्ने निर्णय गरेको छ ।

उक्त राष्ट्रिय प्रतिनिधि भेलामा उपस्थित भई भेलालाई सफलतापूर्वक सफल पारिदिनुहुन नेपाली काँग्रेसका अग्रजहरू, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिज्यूहरू, नेपाली जनसंपर्क समिति अमेरिकाका पूर्व एवं वर्तमान सल्लाहकारज्यूहरू, पूर्व संयोजकज्यूहरू कार्यसमितिका पूर्व एवं वर्तमान साथीहरू, च्याप्टरका पूर्व एवं वर्तमान सभापतिज्यूहरू लगायत च्याप्टर संग आवद्द साथीहरू, शुभचिन्तक, विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू तथा लोकतन्त्र प्रति आस्थावान बुद्दिजीवी,पत्रकार,कलाकार,साहित्यकार, व्यापारी लगायत आम जनसमुदायमा सविनय हार्दिक अनुरोध गर्दछु ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक एवं महासमिति सदस्य सुवेदीले जारी गर्नुभएको वक्तब्यको पूर्ण पाठ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com