प्रधानमन्त्री मोदीद्धारा “स्वस्थ भारत अभियान” को शुभारम्भ


प्रकाशित मिति : भाद्र १२, २०७६ बिहीबार

नयाँ दिल्ली, १२ भदौ (रासस-एएनआई) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार स्वस्थ भारत अभियानको शुभारम्भ गर्नु भएको छ ।

देशव्यापीरूपमा चल्ने सो अभियानको उहाँले राजधानी नयाँदिल्ली स्थित इन्दिरा गान्धी रंगशाला परिसरमा उद्घाटन गर्नुभएको हो ।

समारोहमा प्रधानमन्त्री मोदीले स्वास्थ्य सम्वन्धी प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय खेलकुद दिवसको अवसरमा स्वस्थ भारत अभियानको सुरुवात गरिएको हो । मेजर ध्यान चन्दको जन्मोत्सवको अवसरमा भारतमा खेलकूद दिवस मनाउने गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वस्थ रहनका लागि हरेक दिन खेलकूदसम्वन्धी गतिविधिमा संलग्न गराउन प्रेरित गर्ने उद्देश्यले अभियानको शुभारम्भ गरिएको अधिकारीहरूले बताएका छन् ।

“आजको दिन महान खेलाडी मेजर ध्यान चन्दको जन्म भएको दिन हो, उहाँले तन्दुरुस्तीका लागि विश्वलाई नै चकित पार्नुभएको थियो,” मोदीले भन्नुभयो ।

अभियानको शुभारम्भ गर्नु अघि विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रधानमन्त्री र सहभागी सवैलाई विभिन्न प्रस्तुति देखाएका थिए ।

देशभरीका सवै शैक्षिक संस्थाहरुले तन्दुरुस्ती र स्वास्थ्यसम्वन्धी गतिविधि तथा खेलकूदहरु तालिकावद्ध तरिकाले गर्नेगरी तयारी गरेको बताइएको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com