रुद्राक्ष जोगाउनै मुस्किल


प्रकाशित मिति : भाद्र ६, २०७६ शुक्रबार

रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका छन् ।

पछिल्लो समय भने रुद्राक्षको बोट नै नष्ट गर्ने विकृति बढेपछि कृषक चिन्तित हुने गरेका छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पु¥याउने घटना बढेपछि कृषकलाई बोट जोगाउनै मुस्किल परेको छ । बोटमा विषादी हाल्ने, जरा खन्ने, बोट काट्ने, बोक्रा ताछ्ने जस्ता घटना बढिरहेकाले कृषक त्रसित बनाएको छ । राम्रो गुणस्तरको फल दिने बोटमा क्षति पु¥याइदिने हो कि भन्ने चिन्ताले कतिपय किसान जाग्रामसमेत बस्दै आएका छन् ।

जिल्लाको पाँच खपन नगरपालिकामा रुद्राक्षको बोट ताछिएको घटनापछि सिलिचोङ गाउँपालिकाको याफुमाबोट काटिएको घटनाले कृषकमा त्रास फैलिएको छ । योसँगै सङ्खुवासभासँग सिमाना जोडिएको भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको कुलुङमा रुद्राक्षको बोटमा बेनीले खोपेर विषादी हालिएको घटनाले झन डर फैलाएको छ ।

अघिल्लो वर्ष जिल्लासँग सिमाना जोडिएको भोजपुरको दिङ्लामा रुद्राक्ष कुरुवालाई आक्रमण गरी रुद्राक्ष लुटेर लगेको घटना किसानले बिर्सने कुरै भएन । वर्षेनी भइरहने रुद्राक्षको क्षतिले किसानलाई चिन्तित बनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुणस्तरीय उत्पादन दिने बगानमा कतिपयले सिसी क्यामरा जडान गरेका छन् भने कतिले स्थानीय युवालाई कुरुवाका रुपमा राखेका छन् । केही कृषकले भने थप सुरक्षाका लागि सिसी क्यामरा र कुरुवा दुवै राख्ने गरेका छन् ।

जिल्लाका केही किसानले सुरक्षाको चुनौतीका कारण फूलसमेत नफूली नै व्यापारीलाई ठेक्का दिइसकेका हुन्छन् । ठेक्का दिइसकेपछि कुनै चुनौतीबिना रकम पाइहाल्ने भएकाले ठेक्का दिने गरेको कृषकको भनाइ छ । ठेक्कामा दिँदा आफूहरुले वस्तु अनुसारको मूल्यन पाउने भए पनि नपाइएलाकी भन्ने डर भने नरहेको सिलिचोङ–५ याफुका विजय मेवाहाङले बताउनुभयो ।

रुद्राक्ष व्यवसायीले पनि निश्चित समयका लागि ठेक्का लिइसकेपछि ठूलो रकम खर्चेर कुरुवा राख्ने गरेका छन् । उनीहरुले बलिया र खाइलाग्दा युवालाई राम्रो पारिश्रमिक दिएर रुद्राक्षको कुरुवा राख्ने गरेका छन् । कोही गलत नियतले बगान वरिपरि प्रवेश गरे भौतिक कारवाही गर्नसमेत युवालाई व्यवसायीले कुरुवा राख्दै आएका छन् ।

रुद्राक्षलाई लक्षित गरेर कसैले आक्रमण गर्नसक्ने भएकाले पनि बलिया युवा व्यवसायीको रोजाइमा पर्दै आएका छन् । राम्रो रुद्राक्ष भए पनि कुरुवा नराख्नाले लाखौँको क्षति ब्यहोर्नु परेको रुद्राक्ष व्यवसायी अर्जुन न्यौपानेको अनुभव छ । यही वर्ष रु ६२ लाख खर्च गरेर ठेक्कामा लिएको रुद्राक्षको बोटैमा कसैले विषादी हालिदिएपछि समस्यामा परेको न्यौपानेको भनाइ छ ।

मानिसमा उत्पन्न हुने इष्र्याका कारण राम्रो रुद्राक्षमा क्षति पु¥याउने गरिएको जानकार बताउँछन् । आफ्नो बगानमा राम्रो नफल्ने तर छिमेकीको बगानमा राम्रो फले इष्र्याले क्षति पु¥याउने गरेको आशङ्का गर्ने गरिएको कृषक बताउँछन् ।

राम्रो फल्ने रुद्राक्षको बिरुवा नबाँडिने भएकाले पनि नोक्सान पु¥याउने गरिएको हुनसक्ने पनि रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर विसुङ्केको भनाइ छ । उन्नत जातको बोटबाट कलमी बिरुवा वा बीजबिरुवा धेरैले मागे पनि कसैले दिदैनन्, यस्तो बिरुवा नपाउनेले पनि क्षति पु¥याएको हुनसक्ने सङ्घका अध्यक्ष विसुङ्केले बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com