जुम्लामा स्याउ महोत्सव गरिँदै, ‘एप्पल टुरिज्म’का रुपमा चिनाउने


प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार

जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको तथ्याङ्क कृषि ज्ञान केन्द्रले देखाएको छ ।

अघिल्लो वर्ष तीन हजार १५० मेट्रिकटन स्याउ फलेको थियो । यस वर्ष त्यसको दोब्बर छ मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ । यस्तै यही सम्भावनालाई उजागर गर्न दोस्रोपटक यही भदौ १४ गते ‘जुम्ला स्याउ महोत्सव २०७६’ हुने भएको छ । यहाँ उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउन स्याउ सम्मेलन गर्न लागिएको हो ।

भदौ १४ गते जुम्ला स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले जानकारी दिनुभयो । आयोजक कान्जिरोवा टाइम्सले स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणमा टेवा पु¥याउने, एप्पल टुरिज्मको आधार तय गर्ने र स्याउका परिकारको उत्पादनसम्बन्धी प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जनाएको छ ।

आयोजक कान्जिरोवाका निर्देशक कार्कीले उत्पादित स्याउको निर्यात प्रक्रियालाई प्रभावकारी बनाउने र स्याउ खानकै लागि जुम्ला पुग्न सघाउ होस् भनेर स्याउ महोत्सव गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार जुम्ला स्याउबाट आत्मनिर्भर बन्दै गएको छ । जुम्लालाई ‘एप्पल टुरिज्म’का रुपमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । देश तथा विदेशमा स्याउप्रतिको आकर्षण बढाउन महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक दिनको महोत्सवमा स्याउका विभिन्न परिकारका स्टल राखिने समेत कार्कीले जानकारी दिनुभयो । सदरमुकाम खलङ्गामा चल्ने महोत्सवको मुख्य आकर्षण भनेको जुम्लामा फल्ने विभिन्न एक दर्जन बढी प्रजातिका स्याउबाट बन्ने विभिन्न किसिमका परिकार रहने छन् । यसमध्ये करीब दुईतिहाई रेड र गोल्डेन डेलिसियस जातका स्याउका परिकार विषेश आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

पछिल्ला तीन वर्षयता जुम्लामा शुरु गरिएको इटालियन फिजी स्याउ पनि स्टलमा राखिने कार्कीले जानकारी दिनुभयो । स्याउसम्बन्धी सम्पूर्ण जानकारी दिन स्याउ सूचना केन्द्र स्थापना गरिनेछ । यस्तै विभिन्न स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । डकुमेन्ट्री एण्ड पोष्टरिङ बाल क्रियाकलाप र एप्पल ट्री प्रदर्शन नै स्याउ महोत्सवका आकर्षण हुन् । यही सम्भावनालाई उजागर गर्न जुम्लामा पहिलोपटक गत वर्ष भदौ १६ गते स्याउ महोत्सव गरिएको थियो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com