बम बिस्फोटमा ६३ जना मारिए, १८२ जना घाइते


प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार

युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् ।

हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख छ ।

उक्त बिस्फोट राजधानी काबुलको पश्चिमतर्फ शिया बहुल क्षेत्रमा भएको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त आक्रमणमा संलग्न नरहेको जनाएको छ ।

अमेरिका र तालिबान समूहबीच अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या कटौती गर्ने समेतको व्यापक सम्झौतामा सहमति नजिक पुगेकै समयमा काबुलमा यो भयानक आक्रमण भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले आक्रमणबाट कम्तीमा ६३ जनाको मृत्यु भएको र १८२ जना घाइते भएको पुष्टी गर्नुभयो । राहिमीले घाइतेहरुमा अधिकांश महिला र बालबालिका रहेको पनि जानकारी दिनुभयो ।

अफगान समाजमा वैवाहिक कार्यक्रम भव्य रुपमा हुने गर्दछ । वरवधुको क्षमता बमोजिम सयौं र कहिलेकाहिँ हजारौं मानिस विवाह समारोहमा सहभागी हुने प्रचलन छ । विवाहमा सामान्यतया पुरुष र महिलाहरु अलगअलग ठाउँमा बसेर घण्टौं नाचगान र खानपिनमा बिताउँछन् ।

शनिबार रातिको यस आक्रमणमा भएको क्षति निकै कहालीलाग्दो थियो । समारोहस्थल रगतमा लतपतिएको, मानिसका क्षतविक्षत भएका शरीरका अंगहरु, च्यातिएका लत्ताकपडा, टोपी, चप्पल र खानेपानीका बोटल यत्रतत्र छरिएका थिए ।

यो वैवाहिक समारोह अफगानिस्तानका अल्पसंख्यक शिया समुदायको थियो । शिया समुदायमाथि सुन्नी बहुल अफगानिस्तानमा आक्रमण भइरहने गर्दछ, खासगरी इस्लामिक स्टेट समूहले शिया समुदायमाथि निर्मम आक्रमण गरेको देखिन्छ । काबुलमा पनि निकै सक्रिय इस्लामिक स्टेटले यस घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

विवाह समारोहमा सहभागी मोहम्मद फरहागले आफू बम बिस्फोट हुँदा महिलाहरु रहेको हलतर्फ भएकाले बाँचेको बताए । फरहागले एएफपीसँगको कुराकानीमा पुरुषहरु रहेको हलतर्फ बिस्फोट भएको र मानिसहरु चिच्याउँदै, रुँदै बाहिर हल बाहिर निस्केको बताउनुभयो ।

घटना भएको झण्डै २० मिनेटसम्म पूरै हल धुँवाले भरिएको थियो, पुरुषहरु बसेका हलभित्रका सबैजसो मारिएका वा घाइते भएका थिए, फरहागले भन्नुभयो ।

बिस्फोटको दुई घण्टापछि हलबाट शव निकाल्न थालिएको थियो ।

विद्रोही समूहले अफगान वैवाहिक समारोहमा आक्रमण गर्नेक्रम विगतदेखि नै हुँदै आएको छ । वैवाहिक समारोहमा सुरक्षाको खासै प्रबन्ध नगरिने भएकाले पनि विद्रोही समूहलाई आक्रमण गर्न सहज हुने गरेको छ ।

गत जुलाई १२ मा पूर्वी नान्गरहार प्रान्तमा भएको एक वैवाहिक समारोहमा आक्रमण गर्दा कमत्ीमा ६ जना मारिएका थिए । उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com