काश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच झडप


प्रकाशित मिति : श्रावण ३१, २०७६ शुक्रबार

श्रीनगर,एएफपी / भारत प्रशासित काश्मिरमा सयौँको सङ्ख्यामा भेला भएका स्थानीयले सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झडप भएको छ ।

भारतले काश्मिरको अवस्था सामान्य बन्दै गएको भन्दै शनिबारदेखि सञ्चारको साधन टेलिफोन सेवालाई सञ्चालन गर्ने बताइरहेका समय शुक्रबार काश्मिरी मुसलमानहरूको एक समूह र प्रहरीबीच झडप भएको बताइएको छ । यद्यपि झडपमा प्रहरी तथा प्रदर्शनकारी के कति घाइते भए यसबारे सूचना पाउनलाई प्रशासनको धरपकडका कारण कठिनाई भएको जनाइएको छ ।

हजारौँको सङ्ख्यामा श्रीनगरमा सरकारको निर्णयविरोधी प्रदर्शन भइरहँदा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको एएफपीका काश्मिरस्थित सम्वाददाताले बताएका छन् ।

सरकारले काश्मिरलाई स्वायत्तता दिने बुँदालाई निलम्बन गरेपछि काश्मिर क्षेत्रमा विगत १२ दिनदेखि व्यापक सुरक्षा तैनादी भएको छ । सुरक्षाको समस्या देखाउँदै काश्मिरमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन र प्रदर्शन गर्न पूर्णरूपमा निषेध गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com