रुसी विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि….


प्रकाशित मिति : श्रावण ३०, २०७६ बिहीबार

रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ ।

यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए ।

सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो । क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो ।
जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ । मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म प्राप्त समाचारअनुसार यस विमानमा रहेका ती यात्रुहरु सामान्य रुपमा मात्र घाइते भएका बताइएको छ । यराल एयरलाइन्सको यस विमानमा २ सय २६ जना यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्डयन अधिकारीहरुले बताएका छन् ।

मस्कोको क्षेत्रको झुकोप्स्की विमानस्थलबाट उडेको केही समयमै आकस्मिक अवतरण गराएको सो विमान धावनमार्गबाट एक किलोमिटर मात्र पर पुगेको बताइएको छ ।
विमानस्थलको धावनमार्गबाट केही पर रहेको मकैबारीमा सो विमान अवतरण गराउनु परेको उक्त एयरलाइन्सले जानकारी गराएको छ ।

विमानमा रहेका यात्रु र चालकदलका सदस्यसमेत सबैलाई उद्धार गरिएको समाचारमा उल्लेख छ । तीमध्ये केहीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ ।

रुसको स्वास्थय मन्त्रालयका अनुसार नौ बालबालिकासहित २३ व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । उपाचारको क्रममा रहेका ती व्यक्तिहरुको् अवस्था कसैको पनि चिन्ताजनक नरहेको जनाइएको छ । यसअघि सिन्ह्वा समाचार समितिले विमानस्थलमा नै विमान आकस्मिक अवतरण गरेको बताएको थियो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com