म्यारिल्याण्डमा राजमार्गमा दिन दहाडै ३ जना माथि गोलि प्रहार


प्रकाशित मिति : फाल्गुन ६, २०७३ शुक्रबार

अमेरिकाको पूर्व मेरिल्याण्ड राज्यको ओसियन सहर देखि पश्चिममा क्यालिफोर्निया सम्म झन्डै ३ हजार माइल्स फैलिएको प्रख्यात राजमार्ग ५० मा ३ जना मानिसलाई सवारी साधन भित्र नै गोलि प्रहार गरिएको छ l

उक्त घटना आज दिउसो ३ बजे घट्न गएको हो l उक्त घटना प्रिन्स जर्ज काउन्टी को ५० मा भएको प्रहरीले जनाएको छ l अज्ञात व्यक्तिले अन्धधुन्ध गोलि चलाएका थिए भने उक्त गोलि प्रहार कोलम्बिया पार्क रोड तथा केनिथ ओर्थ इभे न्यु को बिचमा बिहिबार घटना घटेको हो l

प्रिन्स जर्ज काउन्टीका प्रहरीका अनुसार आफ्नो सवारी साधन कार भित्र बसेको अवस्थामा गोलि चलाईएको बताएका छन् भने ३ जनालाई अस्पताल लागिएको छ l प्रहरीले उनीहरु ३ जनाको अवस्था चिन्ताजनक नभएको बताएको छ l

बन्दुकको गोलिले कारको सिसा तथा अन्य तर्फ छरिएको फेला परेको छ भने प्रहरीले यो महँगो पर्ने र आफुहरु यस्को निकै अगाडी पुगी सकेको बताएका छन् l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खोज तलासी गर्ने क्रममा सडक बन्द गरिएको थियो भने साझ परे पछि राजमार्ग खोलिएको थियो l अहिले अवस्था सामान्य भएको एनबिसीले लेखेको छ l बन्दुक धारी तथा अन्य बिशेष कुनै जानकारी प्रहरीले दिएको छैन l

तस्बिर :ट्रेसी विल्किन्स

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com