आँखाको डार्क सर्कल हटाउने उपाय


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

आँखामुनि कालो घेरा किन बस्छ

कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । आँखामुनि कालो हुनुको कारण हामी निन्द्रा नपुग्यको बुज्ने गर्छौ तर विभिन्न भिटामिनहरुको कमिले गर्दा त्यस्तो दाग बस्ने गर्छ । आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिला आफू नराम्री नभएको महसुस गर्छन् । विभिन्न कारण र खानेकुराको कमीले आँखामुनि कालो घेरा बस्छ ।

कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ । ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ ।

अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’,उनी भन्छिन् । तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुन्छ । अझ साँझ पख कफी खानुभएको छ भने त यसको स्ष्ट असर भोलि बिहान आँखामा देख्नुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइरनको कमी

शरीरमा आइरनको कमी भयो भने आँखामुनि कालो घेरा देखिन्छ। आइरनको कमीका कारण छालाका कोशिकाले पर्याप्त अक्सिजन पाउँदैनन्। एनिमियापीडित र आइरनको अत्यधिक कमी भएका महिलाका आँखा वरिपरिको छाला मृतप्रायः देखिन्छ। आइरनका लागि पालंगो, दाल, गेडागुडीलगायत खानुपर्छ।

भिटामिन ‘सी’को कमी

आँखामुनि कालो घेरा देखिनुको एक कारण भिटामिन ‘सी’को कमी पनि हो। भिटामिन ‘सी’ले छालालाई स्वस्थ राख्न मद्दत गर्छ। यसका लागि कागती, सुन्तलालगायत खान सकिन्छ।

भिटामिन ‘ए’को कमी

भिटामिन ‘ए’ ले छालामा एन्टी अक्सिडेन्टको काम गर्छ। छाला चाउरिनबाट जोगाउँछ। आँखामुनि देखापर्ने कालो घेराबाट राहत दिन्छ। गाजर, ब्रोकाउली, पेस्ता, आँप आदि भिटामिन ‘ए’ का स्रोत हुन्।

भिटामिन ‘के’को कमी

छालाका सुरक्षाका लागि भिटामिन ‘के’ को कमी हुन दिनु हुँदैन। यस भिटामिनको काम आँखामुनि कालो घेरा पर्न नदिनु हो। शरीरमा भिटामिन ‘के’ कम भयो भने आँखा वरिपरिको छाला निस्तेज देखिन्छ। यो भिटामिनका लागि खानामा हरियो सागपात, काउली, ब्रोकाउली, बन्दा, माछालगायत खानेकुरा खानुपर्छ।

भिटामिन ‘ई’को कमी

आँखामा पर्ने डार्क सर्कलका लागि भिटामिन ‘ई’ को कमी पनि जिम्मेवार छ। यस भिटामिनको कमीले छाला निष्प्राण देखिन्छ। छालालाई स्वस्थ र चम्किलो राख्न बदाम, एभोकाडो, किवी, जैतुन तेल, ट्राउट माछा खानुपर्छ ।

यति कुरा याद गरेर दिनरात मोबाइल कम्युटर चलाए पनि आँखालाई केहि हुदैन, जानी राख्नुस्

आजभोली आँखा कमजोर नभएको मानिसहरु हुदैनन् । बच्चाको आँखामा समेत चस्मा लगाएकै हुन्छन् । कम्प्युटरमा लगातार बसी रहदा आँखा कमजोर हुने समस्या हुन्छ । निरन्तर मोवाइलमा हेरी रहदा पनि आँखा कमजोर हुन्छ ।

आँखाको महत्व कति हुन्छ भन्ने कुरा देख्न नसक्नेलाई थाहा हुन्छ । तै पनि आँखा मानव जिवनको लागि निकै महत्वपुर्ण र नभई नहुने अंग हो । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । आँखा कमजोर हुने कारण खानेकुराले गर्दा पनि हो । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस ।

पालुंगोको जुस

हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ । हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ ।

गाजरको जुस

आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस् । एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ । बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस् ।

हरियो सागपात

आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर

ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

भिटामिन

शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् ।

सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

बदाम

बदाम आँखाका लागि लाभदायक हुन्छ । राती पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, जसको प्रयोगले आखाको तेज बढ्दै जान्छ ।

 ग्रीन टि

दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनाले यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आँखालाई स्वस्थ राख्दछ ।

अमला

सुकाएको अमलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आँखा सफा गर्नुस् । यसो गर्नाले आँखा स्वस्थ रहन्छ ।

ध्यूउ

ध्यूउले आँखी भौ तथा कन्चडतिर ५ /१० मिनेट मसाज गर्नाले आँखाको तेज बढ्दै जान्छ ।

 जीरा

जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आँखाको ज्योति बढाउछ ।

बिहान उठेर सफा पानी आँखामा छ्याप्ने

आँखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाब जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आँखा स्वस्थ रहन्छ ।

 त्रिफला

अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आँखा सफा गर्नाले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।

 सर्स्युं

सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आँखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

 तोरीको तेल

राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहँु मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

अमला

अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

 

एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।

सुकुमेल

तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने ।

हाडेबादाम

रातफ छ सातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।

आँखामा के गर्ने रु के नगर्ने 

१। आँखा क्रमश कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने ।

२। एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी आँखा धुने ।

३। बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५–२० मिनेट हिँड्ने । यसो गर्दा आँखाको ज्योति क्रमश बढ्दै जान्छ ।

४। तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ ।

७। नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ ।

८। १० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण एक चम्चा दूधसँग नियमित खाने ।

९। सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको पानी कपासको मद्दतले आँखामा हाल्ने । र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै ठूलो अन्तर महसुस हुन्छ ।

१०। बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने ।

११। आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ ।

१२। राती ओछ्यानमा पल्टिएर नपढ्ने ।

१३। आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर पाइन्छ, जुन आँखा तेजिलो बनाउन उपयोगी हुन्छ ।

१४। भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन–ईलगायत तत्व आँखाका लागि लाभदायक हुन्छन् ।

१५। पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।

यदि तपाईंको आँखामा डार्क सर्कल छ भने यी घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।


– चियापत्तिलाई केहीबेर सफा पानीमा उमाल्ने । सेलाएपछि चियापत्तीको छोक्रालाई बोतलमा हालेर फ्रिजमा    राख्ने । यसलाई कपासमा राखेर १५ मिनेट डार्क सर्कल भएको ठाउमा राख्ने ।

– आलुको रसलाई डार्क सर्कल भएको भागमा लगाउने । १५ मिनेट पछि मुख धुने ।

– चिसो दूध कपासमा झिजाएर आइ प्याकको रुपमा आँखामाथि राख्ने ।

– बदामको तेल र भिटामीन इ क्याप्सुल फिटेर डार्क सर्कल भएको ठाउँमा मालिस गर्ने ।

– मह र कागतीको रसको लेप लगाउने । १५ मिनेटपछि मुख धुने । यी कुनैपनि एक घरेलु विधि हरेक दिन प्रयोग गर्दा डार्क सर्कल हटाउन मद्दत मिल्नेछ ।

– हरियो काक्रो गोलोगरी काटेर आँखामाथी राख्ने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com