पिसाब पोल्नुका ५ कारण ,हेलचेक्र्याइँ गर्दा के हुन्छ ?


प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार

 

मानव शरीरका सम्पूर्ण विकारहरु बाहिर निकाल्ने जम्मा दुई उपाय छन् । एउटा पित्तबाट र अर्को मुत्रनलीबाट । मुत्रनलीबाट निस्किने पिसाबले हाम्रो शरीरका सबै प्रकारका नचाहिने तत्वलाई बाहिर निकाल्छ । तर, पिसाबमै खराबी आउँदा वा सहज ढङ्गले पिसाब नहुँदा हाम्रो शरीरको सम्पूर्ण प्रणाली (होमियोस्ट्यासिस) नै खराब हुन जान्छ ।

पिसाब गर्दा पोल्ने, पिसाब गाढा पहेँलो हुने, पिसाबमा रगत देखिने अथवा पिसाब फेर्न गाह्रो हुने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । सामान्यतया एउटा स्वस्थ व्यक्तिले २४ घण्टामा डेढदेखि २ लिटरसम्म पिसाब फेर्नुपर्छ । त्यति मात्रामा पिसाब भएन भने पिसाबमा केही समस्या छ भन्ने बुझ्नुपर्छ। यस्ता समस्या एउटा बिनारोग र अर्को रोग लाग्दा देखिन्छ।

बिनारोग आउने समस्या

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शरीरमा पानीको मात्रा कम भएमा बिनारोग पनि पिसाब फेर्दा पोल्ने, थोरै पिसाब हुने र गाढा पहेँलो पिसाब आउने हुन्छ । प्रायःजसो गर्मी याममा जाडो महिनाभन्दा कम पिसाब आउँछ । गर्मीमा पसिनाका कारण शरीरमा पानीको मात्रा घट्ने हँुदा पिसाबको मात्रा कम भएको हो । यसकारण गर्मी याममा आफूलाई सहज हुने गरी पर्याप्त मात्रामा पानी पिउँदा यस्ता समस्याबाट बच्न सकिन्छ । केहीमा पिसाब अडिने ठाउँको गडबडी ९डिसफङ्सनल भोइडिङ० का कारण पनि पिसाबमा समस्या देखिन्छ । पिसाब फेर्ने समय नमिल्दा र पिसाब लागेको समयमा धेरै बेर रोकेर बस्दा यस्ता समस्या आउँछन् ।

रोगका कारण आउने समस्या

विभिन्न रोगका कारण पिसाबमा समस्या देखिन्छ । पर्याप्त मात्रामा पानी पिउँदा पनि पिसाबमा गडबडी देखियो भने शरीरमा केही समस्या छ भन्ने बुझ्नुपर्छ । विविध रोगका कारण पिसाबमा गढबडी देखिन्छ।

१। संक्रमण

प्रायःजसो पुरुषहरुमा प्रोस्ट्रेट ग्रन्थीमा इन्फेक्सन भएपछि पिसाबमा गडबडी हुने र पिसाब फेर्दा पोल्ने हुन्छ । पिसाब थैली र मुत्रनलीमा संक्रमण हुँदा पनि यस्तो समस्या भएको पाइन्छ । महिलाहरुमा भने मुत्रनलीको लम्बाइ पुरुषकोभन्दा सानो हुने हुँदा यौनांग र मलद्वारबाट पिसाब माथि सर्न सक्ने भएकाले संक्रमण हुने सम्भावना बढी हुन्छ । प्रोस्ट्रेट ग्रन्थी उमेर अनुसार बढ्दै जाने भए पनि सबै उमेर समूहकालाई ब्याक्टेरियल इन्फेक्सन हुने सम्भावना रहन्छ ।

२। ट्युमर

पिसाबथैलीमा हुने ट्युमरका कारण पनि छिन–छिनमा पिसाब लाग्ने, पोल्ने र पिसाब फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । पिसाबमा रगत देखिया भने पिसाबथैलीमा ट्युमर हुन सक्छ भन्ने बुभ्mनुपर्छ । ट्युमरको कारण मात्र नभई स्टोनको कारणले पनि पिसाब फेर्दा रगत आउन सक्छ भने सोझै किड्नीबाट पनि रगत बगेको हुन सक्छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो चिकित्सकको परामर्श लिनुपर्छ ।

३। यौनरोग

यौन रोगका कारण पनि पिसाबमा गडबडी आउँछ । यस्तै, टिबी रोग भएका बिरामीलाई पनि पिसाब फेर्दा पोल्ने हुन्छ ।

४। इन्ट्रेस्टिसियल सिस्टाइटिस

पिसाबथैलीको भित्री पत्रमा खराबी आएमा पनि पिसाबमा समस्या देखिन्छ । मेडिकल भाषामा यसलाई इन्ट्रेस्टिसियल सिस्टाइटिस भनिन्छ । कुनै पनि चेकजाँचबाट केही पत्ता लागेन तर समस्या उस्तै रह्यो भने इन्ट्रेस्टिसियल सिस्टाइटिस भएको अनुमान गर्न सकिन्छ ।

५। क्रोनिक प्रोस्टाटाइटिस

केही पुरुषहरुमा क्रोनिक प्रोस्टाटाइटिसका कारण पनि पिसाबमा समस्या देखिन्छ । प्रोस्ट्रेट ग्रन्थीमा लामो समयदेखिको संक्रमणलाई क्रोनिक प्रोस्टाटाइटिस भनिन्छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com