राजिनामा दिएका ‘ट्रम्पका सुरक्षा सल्लाहकार’सँग एफबीआईले लियो बयान


प्रकाशित मिति : फाल्गुन ३, २०७३ मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनसँग एफबीआई एजेन्टले राष्ट्रपति ट्रम्पको राष्ट्रपति कार्यालयमा सुरुका दिनबारे बयान लिएका छन् । फ्लिनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिइसकेका छन् । फ्लिनले एफबीआईसँगको बयानमा के भने भन्नेबारे स्पष्ट भइनसकेपनि उनले जानी जानी झुठो बोलेमा गम्भिर अपराधको मुद्दा लाग्न सक्ने जनाइएको छ ।

यस अघि उनले रुससंग आफूले गरेको सम्पर्कका बारेमा ह्वाइट हाउसका अधिकारीहरुलाई अस्पष्ट जानकारी दिएको खुलासा भएको थियो। टेलिफोन कुराकानीको रेकर्डहरु मार्फत थाहा भए अनुसार डोनल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै माइकल फ्लिनले अमेरिकाका लागि रुसी राजदूतसंग रुसविरुद्ध लागू प्रतिबन्धहरुका बारे छलफल गरेका थिए।

आफ्नो राजीनामापत्रमा माइकल फ्लिनले आफूले ती फोन कुराकानीहरुका बारे अपुरो जानकारी मात्र उपलब्ध गराएको स्वीकार गरेका छन् तर उनले त्यो अन्जानबश हुन गएको बताएका छन्। जेनरल फ्लिनको राजीनामाले मात्र डोनल्ड ट्रम्पको निर्वाचन प्रचारप्रसार टोली र क्रेमलिनबीचको सम्बन्धका बारे उठेका प्रश्नहरुको अन्त्य नहुने एकजना वरिष्ठ डेमाक्र्याट कंग्रेसमनले बताएका छन् ।

ओबामा प्रशासनले डोनल्ड ट्रम्पको समर्थनमा राष्ट्रपतीय निर्वाचनका क्रममा रुसी हस्तक्षेप भएको भन्दै ती प्रतिबन्धहरु लागू गरेको थियो।
अब अर्का भूतपूर्व जेनरल किथ केलोगलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ। अमेरिकी सञ्चार माध्यमहरुले जनाए अनुसार कानून मन्त्रालयले फ्लिन र रुसी दूतबीचको सम्पर्कका बारे ह्वाइट हाउसलाई गत महिना सचेत गराएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तिनका अनुसार माइकल फ्लिन रुसबाट हुनसक्ने ब्ल्याकमेलको सहज शिकार हुन सक्नेछन्। अमेरिकामा सर्वसाधारण नागरिकले राष्ट्रिय कूटनीतिको काम गर्नु गैरकानूनी कार्य हो र माइकल फ्लिनले आफ्ना पदबहाली हुनु अघि नै गत वर्ष रुसी दूतसंग त्यस्तो सम्पर्क स्थापित गरेका थिए।

केही वरिष्ठ डेमोक्र्याटहरुले उनलाई बर्खास्त गरिनुपर्ने माग गरेका थिए। अमेरिकामा राष्ट्रपतिले अन्तर्राष्ट्रिय मामिला र सुरक्षाका मुद्दाहरुका सम्बन्धी आफ्ना प्रमुख परामर्शदाताका रुपमा राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने गर्दछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com