पाठेघरपीडितका लागि उपयोगी किटब्याग


प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार

नेपालका अधिकांश महिला पाठेघरसम्बन्धी रोगबाट पीडित भएपछि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ । पन्ध्रदेखि ४९ वर्षभित्रका आमा, दिदीबहिनीमा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता समस्याबाट धेरै नै प्रताडित भएकाले त्यसबाट जोगाउन फ्रिडम किटब्याग संस्थाले निःशुल्क किटब्याग बाँडेको हो ।

तीन वर्षअघिदेखिको अनुसन्धानमा किटब्याग प्रयोग गर्ने महिलामा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने समस्यामा धेरै नै कमी भेटिएको चरिकोट प्रस्तावित अस्पतालका डा विनोद दङ्गालले बताउनुभयो । दोलखामा तीन वर्षअघि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखाका १६० महिलालाई निःशुल्क किटब्याग बाँडेको थियो । उनीहरुको स्वास्थ्य जाँच गर्दा यो समस्या अत्यन्तै न्यून देखिएको अनुसन्धानमा खटिएका डा दङ्गालको भनाइ छ ।

पाँचौँ पटकमा गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट र श्री पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयका छात्रा गरी १६० जनालाई संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको संस्थाकी सद्भावनादूत निर्मला श्रेष्ठले बताउनुभयो ।

वातावरण संरक्षण तथा महिलाको स्वास्थ्यमा केन्द्रित भई दोलखालगायत सिन्धुपाल्चोक, काठमाडाँै, रुकुम, रोल्पा, डडेल्धुरा, अछाम, बाजुरा र तराईका सबै जिल्लामा फ्रिडमले महिलालाई निःशुल्क किटब्याग बाँड्दै जनचेतना जागृत गराउने कार्यक्रम गदै आएको संस्थाकी सद्भावनादूत श्रेष्ठले जानकारी दिनुभयो । एउटा किटब्यागलाई राम्रोसँग प्रयोग गरे कम्तीमा तीन वर्षसम्म चलाउन मिल्ने श्रेष्ठले बताउनुभयो । एक किटब्याग तयार गर्न कम्तीमा रु दुई हजार लाग्ने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com