बेलायतको लिबरल पार्टी नेतामा पहिलो पटक महिला निर्वाचित


प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार

लन्डन, एएफपी/ बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिनुभएको छ ।

ब्रेक्जिट बिरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेतृ जो स्वीनसन निर्वाचित हुनुभएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन ब्रेक्जिट लाई कुनै पनि हालतमा पारित हुन नदिनु उहाँको पहिलो चुनौती रहेको छ ।

बेलायत आगामी अक्टोबर ३१ मा युरोपेली युनियनबाट अलग्ग हुँदैछ । तर ब्रेक्जिटका जटिलता अद्यापी छन् । यसबीच, युरोपेली संसदको नयाँ निर्वाचन भएको छ भने युरोपेली युनियनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन् । अर्कातर्फ बेलायतमै प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटमा सहमति जुटाउन नसकेको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिइसक्नु भएको छ ।

उहाँको स्थानमा ब्रेक्जिट पक्षधर कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि नेताद्वय बोरिस जोन्सन र जेरेमी हन्ट पार्टी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । पार्टीको यस चुनावको नतिजा मंगलबार नै सार्वजनिक हुनेछ र दुबैमध्ये एक जना प्रधानमन्त्री बन्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लेबरल डेमोक्र्याटिक पार्टीको चुनावमा नेतृ स्वीनसनले एड ड्याभीलाई पराजित गर्नुभएको थियो । स्वीनसनले ४७ हजार ९९७ मत प्राप्त गर्नुभएको थियो भने ड्याभीले २८ हजार २१ मत प्राप्त गर्नुभएको थियो ।

स्वीनसनले पार्टीका निवर्तमान अध्यक्ष भिन्स केबलको उपप्रमुखका रुपमा दुई वर्षदेखि जिम्मेवारी सम्हाल्नु भएको थियो । पार्टी नेतृत्वमा चुनिएलगत्तै स्वीनसनले बोरिस जोन्सनको नेतृत्व असफल हुने दाबी गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com