अमेरिकाले टर्कीलाई लडाकू बिमान नबेच्ने


प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार

वासिङ्टन, सिन्ह्वा/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टर्कीलाई अमेरिकी अत्याधुनिक लडाकू बिमान एफ–३५ बिक्री नगरिने बताउनुभएको छ ।

टर्कीले रुसबाट अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गरेको भन्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीले लडाकू बिमान नबेच्ने जानकारी टर्कीलाई दिइसकेका छौं । हामी टर्कीलाई एफ–३५ लडाकू बिमान बेच्दैनौं ।”

उहाँले टर्कीलाई अमेरिकी प्याट्रियोट क्षेप्यास्त्र प्रणाली बेच्न ओबामा प्रशासनले अस्वीकार गरेका कारण पनि टर्कीले रुसी हतियार खरिद गरेको दोषारोपण गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि अमेरिकी रक्षा मन्त्रालयले टर्कीले रुसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्नुमा ओबामा प्रशासन दोषी रहेको कहिल्यै बताएको थिएन ।

अमेरिकी रक्षा सहायक मन्त्री क्याटी ह्वीलबार्गरले गत साता जारी गर्नुभएको विज्ञप्तिमा अमेरिकाले टर्कीलाई प्याट्रियोट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहमत भएको उल्लेख छ । तर टर्कीले अमेरिकी प्रस्तावलाई स्वीकार नगरेको पनि क्याटीले बताउनुभएको छ ।

अमेरिकी प्रस्तावित रक्षा मन्त्री मार्क एस्परले टर्कीले एस–४०० अथवा एफ–३५ मध्ये एक रोज्नुको विकल्प छैन भन्दै दुबै साधन टर्कीले प्राप्त गर्न सक्दैन भन्नुभयो । उहाँले नेटोको सदस्य रहेको टर्कीले रुसी हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने चाहना राख्नु निकै दुःखद कुरा हो भन्नुभयो ।

सन् २०१७ डिसेम्बरमा टर्की र मस्कोबीच २ अर्ब ५० करोड डलर मूल्यमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता भएको थियो । एस–४०० रुसको हालसम्मकै अत्याधुनिक लामो दूरीको बिमानभेदी क्षेप्यास्त्र प्रणाली हो । रुसी हतियार खरिद गर्ने टर्की नेटोको पहिलो सदस्य राष्ट्र हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com