नेपाली चुल्ठो र दाह्री विदेशी बजारमा


प्रकाशित मिति : माघ २७, २०७३ बिहीबार

सन्ताेष न्याैपाने/ नेलबाट विश्वका धेरै देशमा विभिन्न सामग्री निर्यात हुन्छन् तर अन्यन्तै सानो संख्यामा। त्यही सानो संख्यामा निर्यात हुने एक वस्तु हो– ‘फल्स वियर्ड’ अर्थात् नक्कली दाह्री। सुन्दा अचम्म लाग्न सक्छ तर नेपालबाट नक्कली दाह्री, आइब्रो, आइलेसलगायत शंृगारका सामग्री निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्षमा नेपालबाट १ लाख ५४ हजार ५ सय रुपैयाँको यस्ता सामग्री निर्यात भएका छन्। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार ‘विग, फल्स वियर्ड, आइब्रो, आइलेस र अदर’ शीर्षकमा ती सामग्री निर्यात भएका हुन्।

नेपालबाट मान्छेको कपाल, चराको प्वाँख, मान्छेको कपालबाट बनेको विग, नक्कली दाह्री, आइब्रो, आइलेस, प्लास्टिकका नक्कली फूल विश्वका विभिन्न देशमा निर्यात हुने गरेको छ.।

गत आर्थिक वर्ष नेपालबाट एक हजार ५ सय केजी कपाल निर्यात भएको छ। पाँच वर्षअघि आर्थिक वर्ष २०६८/६९ उक्त शीर्षकमा १ लाख ३० हजार रुपैयाँबराबरको ३ हजार केजी चीन र भारत निर्यात भएको तथ्यांकमा उल्लेख छ।

केन्द्रको तथ्यांकअनुसार नेपालबाट मान्छेको कपाल, चराको प्वाँख, जनावरको रौं र यसबाट बनेका विभिन्न सामग्रीको निर्यात बढ्दै गएको छ। विश्वका विकसित देशमा नेपालबाट कपाल, प्वाँख, विगलगायत वस्तु निर्यात बढ्दै गएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै २ करोड ६५ लाखभन्दा धेरैका यस्ता सामग्री निर्यात भएका छन्। ‘नेपालबाट कपाल, चराको प्वाँख, विगका विभिन्न सामग्री विश्वका विभिन्न देशमा निर्यात भइरहेका छन्’, केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले भने, ‘सरोकारवालाले ध्यान पुर्‍याउने हो भने यस्ता सामग्रीको निर्यात सम्भावना धेरै छ।’

केन्द्रको तथ्यांकअनुसार मान्छेको कपालबाट बनेको विग्स (चुल्ठो) विकसित देशमा निर्यात हुने गरेको छ। गत आर्थिक वर्ष नेपालबाट मान्छेको कपालबाट बनाइएको विग चीन, जापान, दक्षिण कोरिया, नेदरल्यान्ड्समा निर्यात भएको छ। ‘विगस् अफ हुमन इयर’ शीर्षकमा यी पाँच देशमा जम्मा १ करोड ७४ लाख ६४ हजार रुपैयाँभन्दा धेरैको निर्यात भएको छ। छिमेकी देश चीनमा सबैभन्दा धेरै १ करोड रुपैयाँको २ सय २८ केजी विगस् निर्यात भएको तथ्यांकमा उल्लेख छ।

मान्छेको कपाल मात्र होइन, जनावरको रौं पनि निर्यात हुने गरेको छ नेपालबाट। ‘मान्छेको कपाल, जनावरको रौं’ शीर्षकमा गत आर्थिक वर्षमा ४ लाख ३९ हजार ५ सय रुपैयाँको निर्यात भएको छ। उक्त परिमाणको कपाल चीनमा मात्रै निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष भने चीन र भारतमा गरी जम्मा २४ लाख १४ हजार रुपैयाँको निर्यात भएको तथ्यांकमा उल्लेख छ।

मान्छेको कपाल वा जनावरको रौं मात्र होइन, चराको प्वाँखसमेत नेपालबाट निर्यात हुने सूचीमा पर्छ। विश्वका विभिन्न विकसित देशमा नेपालबाट चराका प्वाँख निर्यात हुने गरेको तथ्यांकमा देखिन्छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ४९ लाख २९ हजार ८ सय ६५ रुपैयाँको प्वाँख निर्यात भएको छ। नेपालबाट चराको प्वाँख निर्यात हुने देशमा फ्रान्स, स्पेन र अमेरिका छन्। यी देशमध्ये सबैभन्दा धेरै स्पेनमा ३१ लाख ३९ हजार रुपैयाँको निर्यात भएको छ। त्यस्तै, फ्रान्समा झन्डै १८ लाखको निर्यात भएको छ। आर्थिक वर्ष २०७१/७२ मा भने जम्मा ११ लाख २३ हजारको स्पेनमा मात्रै निर्यात भएको तथ्यांक छ।

त्यस्तै, ‘कम्प्लिट विग’ शीर्षकमा नेपालबाट कपाल सजाउने विग (चुल्ठो) वार्षिक रुपमा लाखौंको निर्यात हुने गरेको छ। गत आर्थिक वर्ष २०७२/७३ मा नेपालबाट ३५ लाख १० हजार ७ सय ७४ रुपैयाँको विग निर्यात भएको छ जुन नेदरल्यान्ड्समा मात्र गएको देखिन्छ। यो अघिल्ला आर्थिक वर्षमा भन्दा धेरै कम हो।

आर्थिक वर्ष २०७१/७२ मा नेपालबाट १ करोड ११ लाख ३३ हजारभन्दा धेरैको विग्स चीन, नेदरल्यान्ड र रसियामा निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख छ। विग निर्यातको यसअघिको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै नेदरल्यान्डमै निर्यात भएको देखिन्छ। नेदरल्यान्डमा आर्थिक वर्ष २०६९/७० मा ९२ लाख ६८ हजार रुपैयाँ, २०७०/७१ मा १ करोड ३४ लाख ८२ हजार र २०७१/७२ मा ८६ लाख ५१ हजार रुपैयाँको निर्यात भएको तथ्यांक छ। नागरिक दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com