‘एकगाग्री पानी लिन घण्टौँ हिड्नु पर्छ’


प्रकाशित मिति : माघ २६, २०७३ बुधबार

नजिकमा पानीको स्रोत नहुँदा यहाँको रानीपानी–५ इमिचौरका बासिन्दा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् ।

गाउँका करिब दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा बित्ने गरेको छ । विसं २०६७ सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि स्थानीयलाई पिउने पानीकै लागि दैनिक घन्टौँ समय खर्चिनुपरेको हो । “दुई वर्षसम्म राम्रैसँग चलेको थियो” स्थानीय मायाँ श्रेष्ठले भन्नुभयो, “त्यसपछि पुरानै दुःख फर्किए । कसैले खानेपानी माग्यो भने पनि लाजै लाग्छ ।”

इमिचौर मात्रै नभएर गाविसको मुख्य बस्ती रहेको नेपाने, पस्यार, पूर्तिडाँडा, बिहादीलगायतका गाउँमा खानेपानीको चरम समस्या छ । पानी अभावकै कारण कहिलेकाहीँ स्कुले विद्यार्थी समयमा विद्यालय जान पाउँदैनन् ।

“पहिले भएका मूल पनि भूकम्पपछि सुके” स्थानीय धनसरा पौडेलले भन्नुभयो, “अहिले पानीकै लागि रुन मात्रै सकिएको छैन । गाउँका अधिकांश युवा गाउँ बाहिर छन् । गाउँमा महिला र केटाकेटी मात्रै भएका कारण पानी बोक्ने मान्छेको अभावले पनि बढी समस्या सिर्जना हुने स्थानीयले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लामा खानेपानी तथा सरसफाइ परियोजना सञ्चालन गरेको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले रानीपानीमा मात्रै २१ वटा खानेपानी आयोजना सञ्चालन गरेको छ ।

तर, स्थानीयले पिउने पानीकै लागि दैनिक आधा समय खर्चन बाध्य छन् । “पहिलो चरणमै बनेका १६ योजना छन्,” परियोजनाका फिल्ड संयोजक देवराज पुरीले भन्नुभयो, “अहिले चारवटा निर्माणाधीन र एउटा निर्माणको चरणमा छन् ।” आयोजनाले दुईवटा पुराना योजना मर्मतको तयारी गरेको उहाँले बताउनुभयो ।

रानीपानीमा खानेपानीको समस्या पुरानै भएपनि २०७२ को भूकम्पयता अझ जटिल बनेको स्थानीय राजकुमार श्रेष्ठले बताउनुभयो । पहिले चैतपछि असारसम्म मात्रै समस्या हुन्थ्यो उहाँले भन्नुभयो, “अहिले पुस नलाग्दै पानीका मूल सुक्नथाले ।”

खानेपानीका नयाँ आयोजना निर्माण गर्ने पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले सम्पन्न गरेका आयोजना पनि निर्माणको केही समयमै बिग्रिएपछि स्थानीयलाई पिउने पानीको समस्या चुलिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com