जुलाईमा एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड : भिसा बुलेटिनको प्रााथमिकता मिति युएससीआईएसले नमान्ने


प्रकाशित मिति : जेष्ठ ३२, २०७६ शनिबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले जारी गरेको भिसा बुलेटिनमा एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड आवेदन दिनका लागि उल्लेखित प्राथमिकता मिति युएससीआईएसले नमान्ने भएको छ । भिसा बुलेटिनमा उल्लेखित फाइनल एक्सन मितिलाई युएससीआईएसले ग्रिनकार्ड आवेदन फाइल गर्ने प्राथमिकता मितिका रुपमा स्वीकार गर्ने भएको छ ।

भिसा बुलेटिन अनुशार सन् २०१८ को सेप्टेम्बर १ भन्दा अगाडि प्राथमिकता मिति रहेकाहरुले रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि जुलाईमा आवेदन दिनसक्ने उल्लेख छ । तर युएससीआईएसले भने उक्त मितिलाई स्वीकार नगरी अप्रिल २२, २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र जुलाईमा ग्रिनकार्ड आवेदन दिनसक्ने स्पष्ट पारेको छ ।

यो नियम भारत र चीनबाहेकका अन्य देशका सन्दर्भमा लागु हुनेछ । भारत र चीनका लागि रोजगारमा आधारित पहिलो श्रेणीका लागि फरक प्राथमिकता मिति तय गरिएको छ ।

नेपालीहरुका लागि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि जुलाईमा आवेदन दिन अप्रिल २२, २०१८ भन्दा अगाडिको प्राथमिकता मिति हुनुपर्नेछ । तर रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि भने भिसा करेन्ट रहेकाले कुर्नुपर्नेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com