क्यानाडाको मन्दिरबाट निकालिएपछि गोविन्द पौडेल अलपत्र, ज्याला नपाएको भन्दै सहयोगको याचना


प्रकाशित मिति : श्रावण २६, २०७३ बुधबार

क्यानाडाको ओन्टारियो प्रान्तमा पर्ने मिसिशागा राम मन्दिरका संचालक मिलिनियर मन्दिरका मालिक रुपनाथ शर्माले आफ्नै मन्दिरमा लामो समयदेखी काम गर्दै आएका पुरोहित गोविन्दप्रसाद पौडेललाई कामबाट निकालेपछि विवाद सृजना भएको छ । आफूलाई झण्डै साढे ३ बर्ष हरेक दिन १० देखि १२ घण्टासम्म काम लगाएर क्यानाडाको नियम अनुसार न्यूनतम ज्याला नदिएको पौडेलले आरोप लगाएका छन् । दिल्लिमा जन्मेर भारतको पंजाबमा बसोबास गर्दै आएका पौडेल केही बर्ष अगाडि क्यानडा गएका थिए ।

गत जुलाई ३० मा पुरोहित गोविन्द प्रसाद बिहानको समयमा कामकै शिलशिलामा मन्दिर भित्र बेहोस भई ढलेका थिए । त्यतीबेला मन्दिरका केही मानिस र भक्तजनको सहयोगमा एम्बुलेन्स मगाएर उपचारका लागि अस्पतालमा लगिएको थियो । अस्पतालमा सिटी स्क्यान गरेपछि बेलुका नै अस्पतालले पण्डित पौडेललाई डिस्चार्ज गरेको थियो ।

भोलिपल्ट विहानै मन्दिरका मालिक रुपनाथ शर्मा एक्कासी मन्दिरमा आएर गालिगलौज गरेको, बिरामी भएकाले काममा राख्न नसक्ने भन्दै एकदुई हप्तामा काम छाड्न भनेको र बसेको कोठा तत्काल खालि गर्न लगाएको पण्डित पौडेलले बताएका छन् । ‘अब तेरो यो मन्दिरमा काम छैन । यो मन्दिर जतिसक्दो चाँडो छाडेर जा । म तलाई अब राख्न सक्दिन । यो कुरा अरुकसैलाई पनि नभनेस् । बरु म तलाई ईन्डिया जाने टिकेट काटिदिन्छु । जति सक्दो छिटो आफ्नो व्यवस्था गर्नु भन्दै कामबाट निकाले ।’ – पौडेलले गुनासो गरे ।

पौडेल भन्छन् -‘ म त्यसै भगवानले पनि ठगेको मान्छे । त्यसमाथि मन्दिरका मालिकको व्यवहारले काम छाड्नु पर्ने भयो । त्रासले अझ अरु पीडा थपिएको छ ।  मन्दिरको काम र सेवामा लामोसमयदेखी जुटेर दिन रात नभनी काम गरें । तर अहिले बिरामी हुँदा कामबाट लखेट्दैछन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो पाँचजनाको परिवारको लालनपालन र शिक्षादिक्षा भद्रगोल हुने र आफूहरुमाथि झन् पीडा थपिएको भन्दै इन्डिया फर्केर गएपनि घरवार नचल्ने उनले बताए । उनले मलिन हुँदै भने – ‘अब म मरौं कि बाँचौं ? घरको न घाटको भइयो ।’

मन्दिरबाट निष्कासन गरिएपछि उनी अहिले अन्यत्रै शरणमा छन् । यस्तो अवस्थामा उनले क्यानाडाको नियम र कानुन अनुशार सहयोगका लागि पहल गरिदिन समाजका पवित्र आत्मा भएका मानिस, संस्था र सरकारलाई अनुरोध गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com