डिपोर्टेशन बढाउन अमेरिकामा पक्राउ परेकाहरुको सुनुवाई मंगलबारदेखि फटाफट


प्रकाशित मिति : माघ २१, २०७३ शुक्रबार

अमेरिकाबाट देशनिकालाको क्रम तीब्र पार्न अब पक्राउ परेकाहरुको सुनुवाई फटाफट हुने भएको छ । अमेरिकामा अपराध गरेका कारण वा गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा समातिएकाहरुको अदालती सुनुवाई फटाफट गर्नेगरी पहिलो प्राथमिकतामा राखिएको छ । चिफ इमिग्रेशन जज म्यारीबेथ केलरले मंगलबार सबै अध्यागमन न्यायाधिसहरु, अदालतका प्रशासकहरु र अध्यागमन अदालतका कर्मचारीहरुका नाममा मेमो जारी गर्दै अदालतमा सुनुवाईको प्राथमिकता क्रम बदल्न निर्देशन दिएका हुन् ।

पहिले गैरकानुनीरुपमा अमेरिका प्रवेश गर्न खोज्दा सिमाक्षेत्रमा रोकिएका बालबालिका र परिवारका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर फटाफट सुनुवाई गरिदै आएपनि अब इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट र कस्टम एण्ड बोर्डर प्रोटेक्सन लगायतका संघीय एजेन्सीहरुले नियन्त्रणमा लिएकाहरुको सुनुवाई पहिलो प्राथमकितामा राखिएको छ । अब पक्राउ परेकाहरुको सन्दर्भमा न्यायाधिसहरुले यथाशीघ्र सुनुवाई राख्नेछन् । सुनुवाईपछि बलियो केस नभएकाहरुलाई डिपोर्ट गरिनेछ । जसले गर्दा अध्यागमन जेलहरुमा अब पहिलेजस्तो चाप नहुने अनुमान गरिएको छ ।

ओबामा प्रशासनका पालामा गैरकानुनीरुपमा अमेरिका प्रवेश गर्न खोज्दा सिमाक्षेत्रमा रोकिएका कसैको साथ नभएका बालबालिकाहरुको मुद्दालाई पहिलो प्राथमिकता, डिटेन्सनको विकल्पका रुपमा रिहा भएका बालबालिकासहितका परिवारलाई दोश्रो प्राथमिकता, पहिले नियन्त्रणमा लिएर पछि रिहा गरिएका परिवारलाई तेश्रो र हालचालैको अवस्थामा गैरकानुनी रुपमा सिमापार गरेर समातिएपछि छाडिएकाहरुलाई चौथो प्राथमिकतामा राखिएको थियो । अब भने सबै नियन्त्रणमा लिइएकाहरुलाई पहिलो प्राथमिकतामा, कसैको साथ नभएका बालबालिकाहरुलाई दोश्रो र बाँकीलाई तेश्रो प्राथमिकतामा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com