शीतलहरले जनजीवन प्रभावित


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

माघको तेस्रो साता बित्न लाग्दा पनि शीतलहर नसकिँदा सप्तरीसहित तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । मंगलबारदेखि एकाएक बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेको छ । बाक्लो हुस्सुसँगै चिसो हावा चल्न थालेपछि सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन भएको छ । सदरमुकाम राजविराजका चोक–चोकमा मानिसहरू आगो तापेर बसेका देखिन्छन् ।

बढ्दो शीतलहरले बुधबार सप्तरीमा सरस्वती पूजासमेत प्रभावित हुन पुगेको थियो । ‘पछिल्लो दुई दिनदेखि हामीले सूर्यको किरण हेर्न पाएका छैनौँ,’ स्थानीय व्यापारी दीपक भगतले भने, ‘यसअघि दिउँसो केहीबेर सूर्य देखिए पनि दुई दिनदेखि सूर्य देखिएकै छैन ।’ दिनभर चल्ने शीतलहर र चिसो हावाले घरबाट निस्कनसमेत समस्या भएको उनले बताए ।

शीतलहरले दिनभर मजदुरी गर्नेलाई बढी समस्या भएको राजविराजका रिक्साचालक मसुदन खंगले बताए । चिसोले ठेला र रिक्सा चलाउन नसक्दा हातमुख जोर्न नै समस्या भएको उनको भनाइ छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दैवीप्रकोप उद्धार तथा राहत व्यवस्थापन समिति गठन भएका छन् । त्यस्ता समितिले विगतमा शीतलहर चलेको समयमा विभिन्न स्थानमा दाउरा वितरण गर्ने गरेका थिए । तर, यस वर्ष सामान्य पर्चा, पम्प्लेट वितरण गर्ने र सूचना सम्प्रेषण गर्नेबाहेक केही गर्न सकेका छैनन् ।

अस्पतालमा बिरामी बढे
चिसोले बालबालिका तथा वृद्धवद्धा धमाधम बिरामी पर्न थालेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । दैनिकजसो २० देखि २५ जना बालबालिका उपचारका लागि भर्ना हुने गरेको आकस्मिक विभागका सिनियर अहेब लालकिशोर सिंहले जानकारी दिए । दैनिक पाँच जनासम्म वृद्धवृद्धा पनि अस्पताल भर्ना हुने गरेको उनले बताए । बालबालिका र वृद्धवृद्धामा कोल्ड डाइरिया, निमोनिया, कोल्ड ज्वरो, टाइफाइड, टन्सिललगायतका समस्या देखिने गरेको सिनयिर अहेब सिंहले बताए । बिरामीको चाप बढेपछि भुइँमा राखेरसमेत उपचार भइरहेको उनले बताए । जिल्लाको कञ्चनपुर, हनुमाननगर, कल्याणपुर, भारदह, तोपालगायतका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा निजी अस्पतालमासमेत बिरामीको चाप बढेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विपन्न परिवारलाई कम्बल
धर्मी हल्फा महिला विकास क्लबले सप्तरीका विभिन्न स्थानका विपन्न बस्तीमा एक सातायता कम्बल वितरण गर्दै आएको छ । बुधबार सप्तरीको तोपा र छिन्नमस्ताका डोम, मुसहर तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो । तोपामा ३५ र छिन्नमस्तामा ६५ विपन्न परिवारलाई कम्बल उपलब्ध गराइएको छ । संस्थाले यसअघि फर्सेठ, हनुमाननगर, देउरी भरुवा, बोरिया, रंजितपुर, तिलाठी, सडेपार, छपकी भथौल, राजविराजलगायतका स्थानमा कम्बल वितरण गरेको जनाएको छ । पाँच सयभन्दा बढी विपन्न परिवारलाई कम्बल उपलब्ध गराइएको क्लबका अध्यक्ष इन्जिनयर सूर्यनारायण यादवले जानकारी दिए । नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com