को बन्छ केकपति : प्रश्नको उत्तर मिलाएर केक जित्ने अवसर
प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार
अष्ट्रेलियामा मूख्य कार्यालय रहेको ‘केक टु नेपाल’ ले नेपालमा अष्ट्रेलिया, अमेरिका, जापान लगायत देशबाट पठाएको केक तथा उपहारहरु नेपालमा होम डेलिभरी गरीदिदै आएको छ । अनलाइन अर्डर गर्न सकिने यस Cake to Nepal मार्फत आफूले चाहेको दिन, जन्मदिन, एनिभर्सरी, आमाको मुख हेर्ने दिन, बुवाको मुख हेर्ने दिन तथा कुनै पनि विशेष दिनको लागि केक तथा उपहार पठाउन सकिन्छ ।
केक टु नेपालले आमालाई मुख हेर्ने दिनको अवसर पारेर ‘को बन्छ केकपति’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत सोधिएको प्रश्नको सही जवाफ दिएर केक जित्न सकिन्छ ।
को बन्छ केकपतिको पहिलो र दोस्रो प्रश्न पछि विजेताको नाम पनि सार्वजनिक भइसकेको छ । अर्को प्रश्नको नतिजा बुधबार बेलुका सार्वजनिक हुनेछ ।
प्रश्न तथा सहभागिताको सम्पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् >> Cake to Nepal
यसको साथै केक टु नेपाल मार्फत आमाको मुख हेर्ने दिनमा नेपालमा रहनुभएकी आमालाई केक र उपहार पठाउन सकिनेछ । यसको लागि केक टु नेपालले विभिन्न उपहार योजना ल्याएको छ । ती उपहारको साथमा अप्रिल ३० तारिखसम्म बुकिङ्ग गर्नेहरुले केक फ्री पाउनेछन् ।
उपहार प्याकेजमा सारी, कुर्ता, मोबाइल, माइक्रोवेभ ओभन, प्रिन्टेड कप, दैनिक जीवनका आवश्यक सामग्री, शृंगारका सामग्री, रम, मीठाई आदि रहेका छन् । केक टु नेपालको अफिसियल वेवसाइट वा फेसबुक पेजमा गएर प्याकेज र मूल्यका बारेमा जानकारी लिन सकिनेछ ।






