नेपालीको प्रतिव्यक्ति आय १ लाख १५ हजार पुग्याे


प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर (ने.रू ११५५१८ )पुगेको छ। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो।

यस वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ६.८१ प्रतिशतले हुने भएको छ । वि.सं. २०५७/५८ को आधारभूत मूल्यमा जीडीपी वृद्धिदर ६.८१ प्रतिशत हुने भएको हो । यो गत वर्षभन्दा ०.५१ प्रतिशत विन्दुले बढी हो । आउँदो असार मसान्तसम्ममा नेपालीको औसत आय रु. एक लाख १७ हजार ४५५ पुग्ने बताएको छ ।

योसँगै सरकारले तेस्रो पटक उच्चदरको आर्थिक वृद्वि हासिल गर्ने देखिएको छ। गत वर्ष ६.३० प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।  यस वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको थियो। लक्ष्य भन्दा १.१९ प्रतिशत विन्दु कमले आर्थिक वृद्धि हुने विभागले अनुमान गरेकाे छ ।

नेपालको कुलग्राहस्थ उत्पादन ३४ खर्ब रुपैयाँ आधार मूल्यमा पुगेको छ भने कुलगार्हस्थ उत्पादनमा ८० प्रतिशत उपभोग खर्च भएको छ। कुलगार्हस्थ उत्पादनमा प्रदेश तीनको योगदान ४० प्रतिशत रहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com