डडेलधुरामा बस दुर्घटना हुदा ५ जनाको मृत्यु भएको पुष्टि
प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार
डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ साहुखर्कमा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसाघि डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले ६ जनाको मृत्यु भएको जानकारी दिएका थिए । ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पुष्टि गरे ।
डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जना मृत्यु भएकोपुष्टि भएको छ। भीमदत्त राजमार्गान्रगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो। मृतककाे सनाखत हुन सकेको छैन ।
२५ जनाभन्दा बढी घाइते भएका छन् । ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ।
धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइेको छ।





