मेक्सिकोको सिमा क्षेत्रमा पर्खाल लगाउन ट्रम्पको कार्यकारी आदेश


प्रकाशित मिति : माघ १२, २०७३ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पले मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउन, सिमा सुरक्षा बल बढाउन र कागजपत्रविहिन आप्रवासीलाई देशनिकालाको संख्या बढाउन आदेश दिएका छन् ।

ट्रम्पको यो आदेशलाई अमेरिकी अध्यागमनलाई नयाँ स्वरुप दिने ट्रम्प यात्राको पहिलो कदमका रुपमा हेरिएको छ । ट्रम्पले अमेरिका मेक्सिको सिमाक्षेत्रमा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आफूले सिमा सुरक्षाका लागि यो कदम उठाएको बताएका छन् ।

सिमाक्षेत्रमा पर्खाल लगाउने काम केहीमहिनामा नै सुरु हुने बताइएको छ । तर यो बृहत परियोजना भने तत्कालै लागु हुने ट्रम्पले बताएका छन् । ट्रम्पको बुधबारको कार्यकारी आदेशमा बच्चा उमेरमा नै अमेरिका आएकालाई समेट्ने डिफर्ड एक्सन फर चाइल्डहुड एराइभलबारे केही बोलिएको छैन ।

डोनाल्ड ट्रम्पले आगामी दिनमा अमेरिकामा शरणार्थीको प्रकृयालाई कडा बनाउनुका साथै कैयन देशबाट भिसाको प्रकृयालाई पनि कडा बनाउने जनाइएको छ । ट्रम्पले बुधबार हस्ताक्षर गरेको कार्यकारी आदेशमा अमेरिका र मेक्सिकेको सिमाक्षेत्रमा भलण्डै ३२ सय किलोमिटर लामो पर्खाल निर्माणको आदेश दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको कार्यकारी आदेशसँगै अब सिमा क्षेत्रमा सुरक्षा कडा बनाउन बोर्डर पेट्रोलका ५ हजार र आइसका १० हजार नयाँ अधिकारीहरु थपिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com