साउथ सुडानका टीपीएसवाहकहरुका लागि रि – रजिस्ट्रेशन अवधि खुल्ला गरिएको युएससीआईएसले जनाएको छ । सन् २०२० को नोभेम्बर २ सम्म टीपीएसमा रहन चाहने साउथ सुडानका टीपीएस वाहकले अप्रिल ५, २०१९ देखि जुन ४, २०१९ भित्रमा पुन दर्ता गर्नुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।
सबै आवेदकहरुले टीपीएस आवेदन आई ८२१ भरेर आवेदन दिनुपर्ने र आवेदकले आई ७६५ फर्ममार्फत वर्क परमिटका लागि आवेदन दिनसक्ने जनाइएको छ । समयमै रि – रजिस्ट्रेशन गर्ने र वर्क परमिटका लागि आवेदन दिने साउथ सुडानका टीपीएस वाहकका लागि युएससीआईएसले सन् २०२० को नोभेम्बर २ सम्मका लागि वर्क परमिट जारी गर्नेछ ।
मे २, २०१९ भित्र वर्क परमिटको अवधि समाप्त हुने र त्यतीबेलासम्म नयाँ वर्क परमिट प्राप्त नगर्नेहरुका सन्दर्भमा १८० दिनका लागि अर्थात् सन् २०१९ को अक्टोबर २९ सम्मका लागि उनीहरुको वर्क परमिट स्वत नविकरण हुनेछ । त्यतीन्जेलसम्म म्याद सकिएको पूरानै वर्क परमिटले काम चलाउन सकिनेछ ।
गत मार्च ८ मा अमेरिकी सरकारले साउथ सुडानका लागि टीपीएसको अवधि १८ महिनाका लागि थप गरेको थियो । अमेरिकामा साउथ सुडानका टीपीएस वाहकहरु जम्मा ७० जना रहेको जनाइएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।