राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले पाल्ला गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । निर्मल भक्तपुरको नयाँ ठिमीबाट र यमप्रसाद चितवनबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।